प्रतिबन्धपछि पहिलोपटक सरकार–विप्लव छलफल

प्रतिबन्धपछि पहिलोपटक सरकार–विप्लव छलफल

काठमाडौं : पार्टीमाथि प्रतिबन्ध लगाइएको चार महिनापछि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका शीर्ष नेता र सरकारी टोलीबीच पहिलोपटक औपचारिक छलफल भएको छ। गत आइतबार भक्तपुर र काभ्रेको सीमानजिकको एक होटलमा भएको यो छलफलले वार्ताको लागि सकारात्मक वातावरण बनाएको सरकारी टोलीको भनाई छ।

सरकारी टोलीको प्रतिनिधित्व तत्कालिन वार्ता टोलीका संयोजक सोमप्रसाद पाण्डेले गरेका थिए। छलफलमा विप्लवका स्थायी समिति सदस्यस्तरका नेता सहभागी थिए। तर, उनको नाम गोप्य राखिएको छ।

‘यो प्रारम्भिक चरणकै छलफल हो, त्यसैले धेरै कुरा भन्न मिल्दैन। तर, छलफलले वार्ताका लागि सकारात्मक वातावरण बनाएको छ’ पाण्डेले भने। विप्लवका नेताहरुसँग आइतबार छलफल गरेपछि पाण्डे सोमबार नेपालगञ्ज पुगेका छन्। त्यही आसपास उनले मंगलबार विप्लवका शीर्ष नेतृत्वसँग वार्ता गर्ने स्रोतको दाबी छ।,यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.