भिसा दस्तुरको करोडौँ रकम हिनामिना

काठमाडौं : विदेशस्थित कुटनीतिक नियोग, अवैतानिक दूतावास वा दूतले जारी गर्ने नेपाल प्रवेशको भिसा स्टिकरबापत उठ्ने करोडौँ रुपैयाँ दस्तुर हिनामिना भएको छ। चालु आर्थिक वर्षमा मात्रै विदेशस्थित ३९ नियोग र त्यसअन्तर्गतका ५० भन्दा बढी अवैतनिक दूतद्वारा जारी करिब २ लाख प्रवेश भिसा (स्टिकर) मध्ये आधाभन्दा बढीको राजस्व दाखिला भएको छैन।

Advertisement

भिसा स्टिकरको हिसाबकिताव पारदर्शी नभएकोबारे महालेखापरीक्षकको कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र अध्यागमन विभागले परराष्ट्र मन्त्रालयलाई ध्यानाकर्षण गराएका छन्। अध्यागमन नियमावलीअनुसार परराष्ट्र मन्त्रालय वा नियोगमार्फत जारी भएका सबै भिसाको जारी वा रद्द स्थिति वा राजस्वबारे नियमित रुपमा अन्यागमनमा जानकारी पठाउनु पर्छ।

तर अहिलेसम्म यस्तो विवरण नआएको अध्यागमनले जनाएको छ।, यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top