गुरु पूर्णिमामा राधारमण मन्दिरमा ब्यासपुजन महोत्सव

गुरु पूर्णिमामा राधारमण मन्दिरमा ब्यासपुजन महोत्सव

३१ असार,विराटनगर ।
आज अषाढ शुक्ल पुर्णिमा । आजको दिनलाई गुरु पुर्णिमाकोरुपमा मनाइँदैछ । सो अवसरमा विराटनगर–४ स्थित श्री राधारमण मन्दिरमा गुरु पुर्णिमा बिशेष कार्यक्रमको आयोजना गरिएको छ । राधारमण मन्दिर संचालक समिति र निम्बार्क बैष्णव परिषद नेपालले सो ठांउमा संयुक्तरुपमा गुरु पुर्णिमा ब्यास पुजन महोत्सव आयोजना गरेको हो ।

कार्यक्रममा बांके जिल्ला कोहलपुर निवासी आचार्य हरीप्रसाद अर्याल ‘भागवत भुषण’लाई गुरुकोरुपमा श्रद्धाभाव प्रकटगर्दै पुजाआजा गरिएको छ । संस्थाले प्रत्येकबर्ष गुरु पुर्णिमाको अवसरमा अगुवा धार्मिक ब्यक्तीत्वलाई ल्याएर ब्यास पुजन कार्यक्रम गर्ने गरेको निम्बार्क बैष्णव परिषदका सचिव गोपाल सुवेदीले बताए । सो अवसरमा धार्मिक भजनकिर्तन र प्रवचन लगायतका कार्यक्रम आयोजना गरिएको छ ।

अषाढ शुक्ल पुर्णिमाकैदिन जन्मिएका बैदिक धर्मग्रन्थ महाभारतका रचयिता बेदब्यासको जन्म दिवसलाई हिन्दु धर्मावलम्बीले ब्यास जयन्तिकोरुपमा मनाउदै आएका छन् । गुरु पुर्णिमाकादिन आफुलाई शिक्षा,दिक्षा दिने गुरुलाई श्रद्धाभाव प्रकट गर्दै मनाईन्छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.