×

NEPAL TIMES UPDATES

Playing
रविले जे बोले पनि हाइलाइट,सबै दलको मुक्तकण्ठले गरे प्रशंसा|| Nepal Times
May 10, 2026
Playing
किमको जीवनसँग जोडियो परमाणु हमला, हत्या भए सिधै आक्रमण|| Nepal Times
May 10, 2026
Playing
बालेन सरकारले कस्तो ल्याउँदैछ बजेट ? अर्थमन्त्रीले दिए यस्तो आश्वासन || Nepal Times
May 10, 2026
Playing
प्रचण्ड आत्तिए ,नेपालमा कम्युनिस्ट नै सखाप हुने डर|| Nepal Times
May 10, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-27-2083 || Nepal Times
May 10, 2026
Playing
बिक्रम पाण्डेसहित २२ जनाविरुद्ध मुद्दा दायर, बयानमा के छ ?|| Nepal Times
May 10, 2026
Playing
लोकतन्त्र धारणा सूचकांकमा खस्कियो अमेरिका, उक्लियो चीन|| Nepal Times
May 10, 2026
Playing
सगरमाथा आधार शिविरमा अनाधिकृत गतिविधि|| Nepal Times
May 10, 2026
Playing
जोगबनी नाका पार गर्न किन अनिवार्य भयो परिचयपत्र ?|| Nepal Times
May 10, 2026
Playing
कतार नजिक मालवाहक जहाजमा प्रोजेक्टाइल हम*ला, उर्जा संकट थप बढ्ने || Nepal Times
May 10, 2026

नोबेलमा पनि ‘ओपन हार्ट सर्जरी’ सुरु

१ श्रावण २०७६

१ साउन, बिराटनगर ।
नोबेल शिक्षण अस्पतालले ‘ओपन हार्ट सर्जरी’ अर्थात छाती चिरेर गरिने मुटुको शल्यक्रिया सेवा सुरु गरेको छ । अत्याधुनिक उपकरण र दक्ष चिकित्सकको व्यवस्था मिलाएर नोबेलमा मुटुको अप्रेशन थालिएको हो । सुरुवातमा तीन जना बिरामीको सफलतापूर्वक मुटुको शल्यक्रिया गरिएको नोबेल अस्पतालका निर्देशक एवं मुटु बिभाग प्रमुख डा.राजेश नेपालले जानकारी दिए ।

डा. नेपालका अनुसार शरिरको महत्वपूर्ण अंग हो मुटु । त्यसैले मुटुको अप्रेशनलाई जटिल मानिन्छ । मुटुमा सामान्य समस्या हुँदा अन्य बिधिबाट उपचार गरिन्छ । तर, मुटुको गंभिर समस्या भएकाहरुलाई ‘ओपन हार्ट सर्जरी’ अर्थात छाती चिरेर मुटुको शल्यक्रिया गर्नुपर्छ । जन्मजात मुटुमा प्वाल परेका, मुटुको वाथ रोगले भल्व बिग्रिएका, मुटुको नसा अवरुद्ध भएका, एन्जियोप्लाष्टि गर्न नमिल्ने लगायत बिरामीलाई ओपन हार्ट सर्जरी गर्नुपर्ने नोबेलका डा.प्रमान शर्माले बताए ।

Advertisement
Advertisement

जटिल शल्यक्रिया भएकाले नेपालका केहि अस्पतालमा मात्र ओपन हार्ट सर्जरी हुने गरेको छ । नोबेलले मुटुको शल्यक्रिया थालेपछि पूर्वी नेपालका बिरामीहरु बढी लाभान्वित भएका छन् । नोबेलमा ओपन हार्ट सर्जरी गराएकी मोरङ केरावारीकी सिर्जना घिमिरेले आफ्नै जिल्लामा जटिल अप्रेशन गराउँन पाउँदा ९ बर्षदेखिको पीडाबाट मुक्ती मिलेको भन्दै खुशी व्यक्त गरिन् ।

Advertisement
Advertisement

यस्तै झापा मेचिनगरकी ६४ बर्षीया घाँसीमाया घिमिरेको मुटुको सफल शल्यक्रियापछि उनका भाई तुलसी थापाले पनि धेरै सहज भएको प्रतिक्रिया दिए । २०७२ सालबाट क्याथल्याव सञ्चालन गरी मुटु रोगको स्तरीय उपचार थालेको नोबेलले यसअघि मुटुको चाल गढबढी सम्बन्धि उपचारका लागि मोफसलमै पहिलो पटक ईपी ल्याव सञ्चालनमा ल्याएको छ । मुटु रोगको गुणस्तरीय उपचारका लागि नोबेलले जटिल एन्जियोप्लाष्टिमा प्रयोग हुँने अत्याधुनिक थ्रीडी ओसिटी मेसिन नेपालमै पहिलो पटक प्रयोगमा ल्याएको छ । ओपन हार्ट सर्जरी सुरु भएपछि अव मुटु रोगको सवै किसिमका उपचारमा नोबेल सक्षम भएको अस्पताल सञ्चालक डा.सुनिल शर्माको भनाई छ ।

भर्खरको समाचार

भुक्तानी विवादले रोकियो राष्ट्रिय सपना गौतमबुद्ध रंगशालाको काम

GautamBuddhacricketstadium_20211223141704 (1)

लिपुलेकबारे बालेन सरकारले अब भारतसँग वार्ता गर्ने

MixCollage-08-May-2026-03-47-PM-2837

नेपालको पासपोर्ट विश्वका सबैभन्दा कमजोर देशहरूको सूचीमा

Passports-1024x672

हर्कको राजनीतिःआफ्नै दलको उपसभामुखविरुद्ध खेद जनाए

Screenshot 2026-05-08 152545

युएईमा क्षेप्यास्त्र र ड्रोन खतरा, नागरिकलाई गराइयो अलर्ट

UAE-FLAG-ILOE-scheme-1

संघीयताको जननी मधेशमै संघीयता धरापमा, जनमतको फोहोरी खेल

ck-raut_nwdI37ZBNo

चीनका दुई पूर्वरक्षामन्त्रीलाई सुनाइयो मृत्युदण्ड

Screenshot 2026-05-08 144358

सूर्यमुखी तेल उत्पादक कम्पनीका सञ्चालक पक्राउ

Screenshot 2026-05-08 143549

स्ट्रेट अफ होर्मुजमा अमेरिका र इरानबीच भिषण भिडन्त

HORMUZ

प्रधानन्यायाधीश सिफारिसमा प्रश्न उठाउनेलाई बालेनले दिए जवाफ

manoj_sharma-750x375@2x

सम्बन्धित खबरहरु

Scroll to Top