मोरङमा एक वर्षमा ८ सयको सम्बन्ध विच्छेद

१ साउन, विराटनगर ।

मोरङमा सम्बन्ध विच्छेद गर्नेको संख्या बढेको छ । अघिल्लो आर्थिक वर्षभन्दा गत आर्थिक वर्ष सम्बन्ध विच्छेद गर्नेको संख्या बढेको हो ।

गत आर्थिक वर्ष २०७५/०७६ को साउनदेखि असार मसान्तसम्म १ हजार १ सय १२ जनाले सम्बन्ध विच्छेदका लागि मुद्दा दर्ता गरेको जिल्ला अदालत मोरङले जनाएको छ । दर्ता भएका मुद्दामध्ये ८ सय ३५ फस्र्यौट भइसकेको जिल्ला अदालत मोरङका न्यायाधीश राजुकुमार खतिवडाले जानकारी दिए ।

Advertisement

अघिल्लो आर्थिक वर्ष २०७४/०७५ मा ८ सय ८३ जनाले सम्बन्ध विच्छेदका लागि मुद्दा दर्ता गरेकोमा ७ सय १७ वटा मुद्दा फस्यौट भएको थियो । गत आर्थिक वर्ष अदालतमा सम्बन्ध विच्छेद गरी पाउ भनी निवेदन दर्ता गर्नेमा २५ प्रतिशत पुरुष रहेको जनाइएको छ । न्यायाधीश खतिवडाले नयाँ मुलुकी संहिता लागू भएयता २ सय ३६ जना पुरुषले सम्बन्ध विच्छेदका गरी पाउ भनी मुद्दा दर्ता गरेको बताए । अधिकांश श्रीमतीहरुले घर छोडेर हिडेको, मानसिक र शारीरिक यातना दिएको, श्रीमती दोस्रो विवाह गरेको लगायतका मुद्दा परेको उनले बताए ।

यस्तै ८ सय ७६ महिलाहरुले सम्बन्ध विच्छेद गरी पाँउ भनी निवेदन दर्ता गरेको न्यायाधीश खतिवडाको भनाइ छ । अदालतमार्फत मेलमिलाप हुन नसकेपछि मात्रै सम्बन्ध विच्छेद गर्ने गरिएको न्यायाधीश खतिवडाले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

सम्बन्धित समाचार

Scroll to Top