नेपालमा मृगौला प्रत्यारोपण शतप्रतिशत सफल

काठमाडौं : सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले पछिल्लो साढे दुई वर्षमा ४ सय २९ जनामा मृगौला प्रत्यारोपण गरेकामा शतप्रतिशत सफल भएको जनाएको छ। केन्द्रले ०७३ मंसिर ११ यता उक्त संख्यामा प्रत्यारोपण गरेको हो।

Advertisement

‘यो अन्तर्राष्ट्रिय स्तरमा गर्व गर्न सकिने सफलता हो,’ केन्द्रका कार्यकारी निर्देशक एवं मृगौला र कलेजो प्रत्यारोपण शल्यचिकित्सक डा।पुकारचन्द्र श्रेष्ठले भने, ‘यो वर्षको मेसम्ममा १ सय ७९ वटा मृगौला प्रत्यारोपण गरिसकेका छौँ।’ अढाई वर्षयता केन्द्रमा मृगौला प्रत्यारोपणमा एउटा पनि असफल नभएको उनले बताए।

केन्द्रमा मृगौला प्रत्यारोपण निःशुल्क गरिन्छ। ०६९ माघ ६ देखि केन्द्रले ६ सय ४६ जनामा मृगौला प्रत्यारोपण गरिसकेको छ। ,यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top