खाद्यान्नको मूल्य बढ्यो, काठमाडौंमा सबैभन्दा महङ्गो

४ साउन, काठमाडौँ ।

बजारमा पछिल्लो समय खाद्यान्न, तरकारी तथा पेय पदार्थको मूल्य बढेको छ । बैंकले गत आर्थिक वर्षको ११ महिनामा खाद्य, तरकारी तथा पेय पदार्थको मूल्य वृद्धि भएको तथ्यांक सार्वजनिक गरेको हो । आव २०७४/७५ मा खाद्यान्नको मूल्यवृद्धि ३ प्रतिशतले वृद्धि भएको थियो ।

अघिल्लो आवको जेठमा ११ प्रतिशतले बढेको तरकारीको मूल्य गत जेठमा मूल्य बढेर १४.६ प्रतिशत पुगेको छ । सो अवधिमा तरकारीको मूल्य ७.६ प्रतिशतले बढेको छ भने खाद्यान्नको मूल्य ५ दशमलव ६ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । समग्रमा अघिल्लो जेठको तुलनामा गएको जेठमा खाद्य तथा पेय पदार्थको मूल्यवृद्धि ६.७ प्रतिशतले बढेको छ ।

Advertisement

सो समूहको मूल्य बढेपनि गैर–खाद्य तथा सेवा समूहको मूल्य वृद्धिमा भने थोरै परिवर्तन आएको छ । अघिल्लो आवको जेठमा ५ प्रतिशतले बढेको मूल्य वृद्धि गत जेठमा पुग्दा ५.७ प्रतिशत पुगेको छ । यस समूहअन्तर्गत घरायसी सेवा तथा उपयोगका सामान र लुगा जुत्ताको मूल्य अघिल्लो आवको तुलनामा केही बढेको छ ।

क्षेत्रगत रुपमा काठमाडौं सबैभन्दा महङ्गो र पहाड सबैभन्दा सस्तो देखिएको छ । अघिल्लो आवमा हिमाल सबैभन्दा महङ्गो र काठमाडौं सबैभन्दा सस्तो थियो । छिमेकी मुलुक भारतभन्दा नेपाली बजारमा खाद्यान्न तथा गैर खाद्य पदार्थ करिब दोब्बर महङ्गो भएको राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा उल्लेख गरिएको छ ।

Advertisement

शोधनान्तर ९१ अर्ब घाटामा

गत आवको ११ महिनामा मुलुकको शोधनान्तर घाटा ९० अर्ब ८३ करोड पुगेको छ । अघिल्लो वर्षको सो अवधिमा यस्तो घाटा चार अर्ब ३४ करोडमात्रै थियो । निर्यातको तुलनामा आयातको कम हुँदा यस्तो घाटा बढेको हो । शोधनान्तर भन्नाले मुलुकमा भित्रने र मुलुकबाट बाहिरिने रकमको अन्तर हो । वस्तु व्यापारमा मात्र नभएर पछिल्लो समय सेवा व्यापारमा समेत घाटा बढ्दै गएपछि यस्तो अवस्था देखिएको हो ।

गत आवको जेठसम्म आयात १७.३ प्रतिशतले बढेर १२ खर्ब ९९ अर्ब ८० करोड रुपैयाँ पुगेको छ । निर्यात भने जम्मा ८७ अर्ब ८३ करोड रुपैयाँमात्रै भएको छ । आयातको तुलनामा निर्यात कम हुँदा ब्यापार घाटा उच्च दरले बढ्दा चालु खाता घाटा अघिल्लो जेठको तुलनामा करिब ३८ अर्ब रुपैयाँले बढेको छ । गत जेठमा चालु खाता घाटा २ खर्ब ४८ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सो अवधिमा चालु खाता घाटा २ खर्ब १० अर्ब २४ करोड रुपैयाँ थियो ।

११ महिनामा ५३ अर्ब ३८ करोडमात्रै आन्तरिक ऋण परिचालन भएको छ । अघिल्लो आवको जेठसम्म १ खर्ब ४४ अर्ब ७५ करोड आन्तरिक ऋण परिचालन गरेको थियो ।

सरकारको नगद मौज्दात बढ्यो, विदेशी संचिति घट्यो

गत जेठसम्म सरकारको नगद मौज्दात एक खर्ब ६४ अर्ब पुगेको छ । सो मौज्दातमध्ये ६३ अर्ब २२ करोड स्थानीय तहको खातामा रहेको रकम हो । पछिल्लो महिनामा विदेशी सञ्चिति घट्दै गएको छ । अघिल्लो असारमा ११ खर्ब २ अर्ब ५९ करोड रुपैयाँ रहेको विदेशी संचिति गत जेठसम्म आइपुग्दा घटेर १० खर्ब ३० अर्ब ८८ करोडमा झरेको छ । अमेरिकी डलरमा हिसाब गर्दा १० अर्ब ८ करोड संचिति रहेकोमा ९ अर्ब २५ करोडमा झरेको छ ।

११ महिनामा ८ खर्ब रेमिट्यान्स भित्रियो

जेठसम्म ११ महिनामा ७ खर्ब ९९ अर्ब २ करोड रुपैयाँ पुगेको छ । उक्त रेमिट्यान्स अघिल्लो आवको सोही अवधिको तुलनामा १७.५ प्रतिशतले बढेको छ ।(विकास न्युजबाट)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

सम्बन्धित समाचार

Scroll to Top