भोलिसम्म भारी वर्षाको सम्भावना

४ साउन, काठमाडौँ ।

बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र स्थानीय वायुको प्रभावले शनिबार देशका केही स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखालेशनिबार एक विशेष बुलेटिन जारी गर्दै मनसुनी न्यूनचापीय रेखा नेपालको दक्षिणतिर अवस्थित भए पनि बंगालको खाडीबाट प्रवेश गरेको जलवाष्पयुक्त हावाको प्रभावले देशको केही स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जनाएको छ।

Advertisement

उक्त प्रणालीको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ। आइतबार देशभर सामान्य बदली रही देशको पूर्वी र मध्य क्षेत्रका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

त्यस्तै सोमबार देशभर आंशिकदेखि सामान्य बदली हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। बाढी पूर्वानुमान महाशाखाले प्रदेश नं १, ३, ५ र गण्डकी प्रदेशका मध्यपहाडी तथा चुरेको भू–भागबाट बहने केही साना नदीमा आकस्मिक बहावको सम्भावना रहेकाले तटीय क्षेत्रमा सामान्य सतर्कता अपनाउन आग्रह गरेको छ।

Advertisement

त्यसैगरी मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाको मौसम पूर्वानुमान जारी गर्दै देशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले पहाडी भू–भागमा पहिरो जान सक्ने र पहाड तथा चुरेबाट बहने खोलामा जल सहत बढ्नसक्ने भएकाले सामान्य सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेको छ।रासस

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top