×

NEPAL TIMES UPDATES

Playing
सांसदलाई स्वर्णिमले के भने पढाए ?बालेन सरकारलाई औंला ठड्याएर खबरदारी || Nepal Times
Mar 17, 2026
Playing
इरानका वरिष्ठ सुरक्षा अधिकारी अली लारिजानी मारिएकै हुन् ?|| Nepal Times
Mar 17, 2026
Playing
जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगको प्रतिवेदन तयार, कहिले सार्वजनिक ? || Nepal Times
Mar 17, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-03-2082 || Nepal Times
Mar 17, 2026
Playing
लामिछानेको मुद्दामा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ मा, सोही दिन फैसला || Nepal Times
Mar 17, 2026
Playing
अली लारीजानीसहित कयौं इरानी शीर्ष नेता मारिए?’समुन्द्री दैत्य’ ज ल्यो || Nepal Times
Mar 17, 2026
Playing
सीको किताब ज लाएको भन्ने घट नामा Chinaको चासो,कार बाही गर्न माग || Nepal Times
Mar 17, 2026
Playing
बालेन सरकारले के गर्नुपर्छ ? के गर्नुहुँदैन ?केही हुन्छ भन्ने पुनर्जन्म || Nepal Times
Mar 17, 2026
Playing
खाडीमा नेपाली,कस्तो छ सरकारको उद्धारको तयारी ? || Nepal Times
Mar 17, 2026
Playing
जतिसुकै आ*क्र*मण गरेपनि Iranको सत्ता नढल्ने अमेरिकी गुप्तचरको निष्कर्ष || Nepal Times
Mar 17, 2026

इबोला महामारीको चपेटामा कङ्गो, एक हजार ७०० को मृत्यु

४ श्रावण २०७६

 ४ साउन,काठमाडौँ ।

अफ्रिकी मुलुक प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा पछिल्ला दिनमा प्राणघातक इबोला भाइरस व्यापक रुपमा फैलिएपछि उपचार, नियन्त्रण र निगरानी व्यापक बनाइएको छ । अति संक्रामक र घातक इबोला भाइरसले अफ्रिकामा सन् १९७६ मा पनि हजारौंको ज्यान लिएको थियो । पटकपटक अफ्रिकी महादेशलाई सताउँदै आएको इबोला भाइरस पछिल्लो समय कङ्गोमा व्यापक रुपमा फैलिएको छ ।

Advertisement

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले इबोलाको पछिल्लो संक्रमणलाई तत्काल सम्बोधन गर्नुपर्ने स्वास्थ्य समस्या भन्दै “विश्व स्वास्थ्य आपतकाल” घोषणा गरेको छ । इबोला संक्रमित व्यक्तिको मृत्यु हुने सम्भावना करिब ५० प्रतिशत रहेको डब्लुएचओको भनाई छ । यो भाइरस ज्यादै संक्रामक हुन्छ र यसलाई नियन्त्रणमा ल्याउन निकै कठिन हुन्छ, खासगरी शहरी इलाकाहरुमा ।

यो भाइरस जंगली जनावरबाट मानिसमा सर्दछ र इबोला भएका मानिसलाई छोएमा वा सम्पर्कमा आएमा अर्को मानिसमा अझ तिब्र गतिमा सर्दछ । संक्रमित व्यक्तिको रगत, शरीरका अन्य तरल पदार्थ, शरीर वा शरीरका अरु अंगबाट निस्कने वस्तु सोझै छोएमा पनि यो रोग सर्दछ । इबोला खासगरी चमेरोमा पाइन्छ, तर चमेरोलाई इबोलाले केही गर्दैन बरु अरुमा यो जीवाणु सार्दछ ।

चिम्पान्जी, गोरिल्ला, बाँदर, मृग र दुम्सी पनि इबोला भाइरसबाट संक्रमित भएका हुन सक्छन् । यी जनावरको शिकार गर्ने र खाने व्यक्ति पनि इबोलाबाट संक्रमित हुन सक्छन् । इबोला संक्रमित व्यक्तिलाई २ देखि २१ दिनको अवधिमा मात्र लक्षण देखा पर्न थाल्दछ । यस्ता रोगग्रस्त व्यक्तिलाई उच्च ज्वरो आउने, शरीर थकित हुने, मांसपेशी र जोर्नी दुख्ने, टाउको दुख्ने र घाँटीमा असजिलो हुने गर्दछ । साथै, झाडावान्ता हुने, छालामा घाउहरु देखिने, मृगौला र कलेजोले काम नगर्ने तथा शरीरको भित्री भागमा रक्तस्राब हुने डब्लुएचओले जनाएको छ ।

उपचार गरी कुनै इबोला पीडित व्यक्ति स्वस्थ भएपनि आजीवन त्यस्ता व्यक्तिमा आर्थराइटिस हुने, आँखाको दृष्टि कमजोर हुने, आँखा सुन्निने तथा सुन्ने क्षमता कमजोर हुने गर्दछ ।

उपचार र खोज
हाल इबोलाको रोकथाम वा उपचारका लागि कुनै आधिकारिक औषधी पत्ता लागेको छैन । तर अनुसन्धान प्रयोजनका लागि केही औषधी चलनचल्तिमा ल्याइएको छ । गत अगष्टदेखि यता दशौं पटक इबोला देखिएसँगै स्वास्थ्य निकायहरुले पहिलो पटक ठूलो मात्रामा आरभीएसभी–जेबोभ नामको खोप प्रचलनमा ल्याएका छन् । मर्क प्रयोगशालाले विकास गरेको यो खोपले लाइसेन्स पाएको छैन तर यो निकै सुरक्षित र प्रभावकारी देखिएको छ । डब्लुएचओले यस खोपको उत्पादन बढाउन र प्रयोगमा ल्याउन आग्रह गरेको छ ।

डब्लुएचओका विज्ञहरुले जोन्सन एन्ड जोन्सनले विकास गरेको एमभीए–बीएन खोप पनि प्रयोगमा ल्याउन सुझाएका छन् । पछिल्ला दिनहरुमा भाइरस फैलन नपाओस् भन्नका लागि बिरामी र अरु मानिसलाई अलग अलग ठाउँमा राख्न व्यापक अभियान र सचेतना फैल्याइएको छ ।

उपचारमा संलग्न हुनुपर्ने स्वास्थ्यकर्मीलाई इबोलाबाट सुरक्षित राख्न उनीहरुका पूरै शरीर ढाक्ने गरी प्लास्टिकको कपडा, मास्क, चश्मा, ग्लोभ र अरु स्प्रेको प्रबन्ध पनि गरिएको छ ।

विश्वकै सबैभन्दा खतरनाक इबोला संक्रमण सन् २०१३ को डिसेम्बरमा दक्षिणी गिनीमा फैलिएको थियो । त्यसपछि यो भाइरस छिमेकी मुलुकहरु लाइबेरिया र सियरा लियोनमा फैलियो । डब्लुएचओका अनुसार यस भाइरसबाट ११ हजार ३०० भन्दा बढीको ज्यान गएको थियो भने झण्डै २९ हजारमा इबोला देखिएको थियो ।

वास्तविक संख्या यो भन्दा बढी हुने डब्लुएचओको अनुमान छ । पीडितमध्ये ९९ प्रतिशतभन्दा बढी लाइबेरिया, गिनी र सियरा लियोनमा फेला परेका थिए । यद्यपी इबोला विश्वका अरु मुलुकमा पनि देखिएपछि विश्वव्यापी चासोको विषय बनेको थियो ।

हिंसा र द्वन्द्वको चपेटामा परेको प्रजातान्त्रिक गणतन्त्रक कङ्गोको उत्तरी किभु प्रान्तमा पछिल्लो पटक यो भाइरस सन् २०१८ को अगष्टमै देखिएको थियो । यो ठाउँ युगान्डाको सीमामा पर्दछ र त्यहीँबाट छिमेकी प्रान्त इटुरीमा पनि फैलिएको थियो । जुन २०१९ मा युगान्डामा दुई जनामा इबोला भेटिएको थियो । कङ्गोको गोमा शहरमा एक व्यक्तिमा यो रोग देखिएको थियो ।

हालसम्म पछिल्लो संक्रमणबाट एक हजार ६९८ भन्दा बढीको ज्यान गइसकेको कङ्गोको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।डब्लुएचओले सो रोग थप फैलन नदिन र बिरामीको उपचारमा सहयोग गर्न अन्तर्राष्ट्रिय आर्थिक तथा प्राविधिक सहयोगका लागि आह्वान गरिसकेको छ । डब्लुएचओका अपरेशन प्रमुख माइक रायनले इबोलासँग जुध्न कम्तीमा २३ करोड अमेरिकी डलर आवश्यक रहेकाले उक्त रकम सहयोग गर्न आह्वान गर्नुभएको छ । (जनस्वास्थ्यसम्बन्धी यो सामग्री एपी, एएफपी समेतका अन्तर्राष्ट्रिय संचार माध्यमको सहयोगमा तयार पारिएको हो) (सोमनाथ लामिछाने/रासस)

भर्खरको समाचार

७३ वर्षीया प्रधानमन्त्रीले ३५ वर्षे युवालाई सुम्पिदैछिन देशको ताला चाबी

e7afe765-d01e-4438-a49e-15e8325de544

बडिबिल्डर,मिस नेपालदेखि सहिदकी आमा र दिदीसम्म रास्वपाका सांसद

812314fc-c1df-43bb-850a-62bb8dd9ac4c

इरानले मुस्लिम विश्वलाई सोध्यो ६ प्रश्न, यूएईमा फेरि खस्यो ड्रोन

fd4c6bb3-49d5-4b5d-8d1d-04ba43b5deb3

काबुलमा पाकिस्तानको भीषण आक्रमण, ४ सय जना मारिए

afganistan-kabul-sky-news

इजरेलमा ‘सेजिल ब्यालिस्टिक मिसाइल’ प्रहार, कति शक्तिशाली छ?

HORMUZ

होर्मुजमा नेटो उतार्दै ट्रम्प,शक्तिराष्ट्रलाई युद्धमा नहोमिन इरानको चेतावनी

MixCollage-12-Mar-2026-08-27-AM-2238

भारतको नाकाबन्दीले मेयर बनेका बालेन ओलीको अहंकारले प्रधानमन्त्री!

Screenshot 2026-03-06 091716

रविविरुद्धको मुद्दा फिर्ताबारे आजआदेश आउने

rabi lamichhane

पेट्रोलमा १५ र डिजल–मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो, ग्यासमा कति ?

petrol-pump-india_AFP

उपभोक्ता अधिकार सचेतनाकालागि नेपाल टाइम्सकर्मी संचिता श्रेष्ठ सम्मानित

DSC00141.JPG

सम्बन्धित खबरहरु

Scroll to Top