NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
कम्बोडियाले किन माग्यो युद्धविराम ? शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन् शनिबार साउन १० , २०८२
मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ? शनिबार साउन १० , २०८२
विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक शनिबार साउन १० , २०८२
विद्याले ओलीलाई दिइन दनक,मुठ्ठीभर नेताले सदस्यता खोस्न सक्दैनन्  शुक्रबार साउन ९ , २०८२
Next
Prev

समाचार

दिल्लीनीति: विदेशमन्त्रीको सदभाव, अर्थमन्त्रीको दबाब

शुक्रबार माघ १९ , २०७४
Reading Time: 1 min read
A A
दिल्लीनीति: विदेशमन्त्रीको सदभाव, अर्थमन्त्रीको दबाब

cWoIf cf]nL;Fu ef/tLo ljb]zdGqLsf] e]6 g]skf -Pdfn]_ sf cWoIf s]kL zdf{ cf]nL;Fu g]kfnsf] b'O{lbg] e|d0fdf /xg'ePsL ef/tLo ljb]zdGqL ;'idf :j/fh laxLaf/ e]6jftf{ ub}{ . tl:a/M /f]zg ;fksf]6f, /f;;

Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

भारतीय विदेशमन्त्री सुष्मा स्वराजले नेपालमा बन्ने नयाँ सरकारसँग भारतनिकट रहेर काम गर्न आतुर रहेको सन्देश दिएकी छिन् । प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूतका रूपमा बिहीबार काठमाडौं ओर्लिएलगत्तै ‘भावी प्रधानमन्त्री’का रूपमा हेरिएका एमाले अध्यक्ष केपी ओलीसँग ‘वन अन वन’ पहिलो भेटवार्ता गर्दै स्वराजले यस्तो सन्देश सुनाएकी हुन् । आजको नयाँ पत्रिकामा खबर छ ।

तीन साताकै बीचमा ओलीको नेतृत्वमा वाम गठबन्धनको सरकार बन्ने सम्भावना देखिएका वेला नयाँ सरकारसँग सहकार्य गर्न भारत इच्छुक रहेको उनको सन्देश थियो । विमानस्थलबाट ओलीसहित एमाले नेतृत्वसँगको भेटवार्ताका लागि सीधै होटेल सोल्टी क्राउन प्लाजा पुगेकी स्वराजले प्रदेश र प्रतिनिधिसभामा गठबन्धनले बहुमत जनसमर्थन प्राप्त गरेर दुवैतिर सरकार बनाउन लागेकोमा बधाईसमेत दिइन् ।

‘मेरोतर्फबाट मात्रै होइन, मेरो दल र भारत सरकारका तर्फबाट प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा प्राप्त गर्नुभएको बहुमत जनसमर्थनप्रति तपाईंहरूलाई धेरै–धेरै बधाई छ,’ स्वराजको भनाइ उद्धृत गर्दै एमाले नेता डा. राजन भट्टराईले भने, ‘प्रधानमन्त्री नरेन्द्र मोदीजीले त टेलिफोन गरेरै बधाई भनिसक्नुभएको छ, तर पनि उहाँले मलाई मेरैतर्फबाट बधाई दिनुहोस् भन्दै सन्देश पठाउनुभएको छ, केन्द्र र प्रदेशमा प्राप्त गर्नुभएको जनसमर्थनप्रति भोलिको कामका लागि तपाईंहरूलाई थप शुभकामना छ ।’ स्वराजको अभिव्यक्तिलाई नयाँ सरकारसँग भारत सुमधुर सम्बन्धका साथ अघि बढ्न चाहिरहेको कूटनीतिक सन्देशका रूपमा लिइएको छ ।

Advertisement

भेटवार्तामा विदेशमन्त्री स्वराजले नेपालको विकास र समृद्धिका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएकी थिइन् । जवाफमा ओलीले नेपालको लोकतान्त्रिक प्रक्रियामा भारतको सहयोग र सद्भाव रहेको भन्दै नेपालको समृद्धिका लागि भारतसँग सहकार्य र घनिष्ट सम्बन्धका साथ अघि बढ्न तयार रहेको बताएका थिए । भारतीय वायुसेनाको विशेष विमानमार्फत अपराह्न साढे ३ बजे काठमाडौं ओर्लिएलगत्तै स्वराजले एमाले अध्यक्ष ओलीसँग पहिलो ‘वन टु वन’ भेटवार्ता गरेकी थिइन् ।

पौने घन्टा वन–टु वनसहित तीन चरणमा छलफल
होटल सोल्टी क्राउन प्लाजामा ओली र स्वराजबीच साँझ पौने ७ बजेबाट पौने घन्टा वन टु वान, त्यसपछि सामूहिक र अन्तिममा डिनरसहित तीन चरणको बैठक भएको छ । दुई बैठक सकिएपछि स्वराजको सम्मानमा एमालेले छुट्टै रात्रीभोजको आयोजना गरेको थियो । सामूहिक भेटवार्तामा ओलीसहित उपाध्यक्ष वामदेव गौतम, भीमबहादुर रावल, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, सचिव प्रदीप ज्ञवाली, नेता विष्णु रिमाल र डा. भट्टराईलगायतका नेता सहभागी थिए । तीनै चरणमा दुई देशबीचको सम्बन्ध र पछिल्लो राजनीतिक घटनाक्रममा केन्द्रीत रहेर लामो छलफल भएको नेताहरूले बताएका छन् ।

अर्थ राज्यमन्त्री राणाले गरे स्वागत
स्वराजलाई अर्थराज्यमन्त्री उदयशमशेर राणाले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । विमानस्थलमा परराष्ट्र सचिव शंकरदास बैरागी, भारत डेस्क हेर्ने सहसचिव भृगु ढुंगाना र प्रमुख शिष्टाचार महापाल दीपक अधिकारीसमेत उनको स्वागतार्थ उपस्थित थिए । विमानस्थल ओर्लिएलगत्तै उनी सिधै होटल सोल्टी क्राउन प्लाजा पुगेकी थिइन् ।

राजपा शीर्ष नेतासँग भेट
भारतीय विदेशमन्त्री सुष्मा स्वराजले बिहीबारै राजपा नेपालका अध्यक्ष मण्डलका सदस्यहरूलाई भेटेकी छन् । होटल सोल्टीमा आधा घन्टासम्म भएको सामूहिक भेटवार्तामा सौहार्दपूर्ण वातावरणमा कुराकानी भएको राजपा नेताहरूले बताएका छन् । स्वराज भेट्न अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव, शरतसिंह भण्डारी, अनिलकुमार झा, राजकिशोर यादव पुगेका थिए ।

सरकारको नेतृत्वका लागि शुभकामना : सुषमा स्वराज, भारतीय विदेशमन्त्री
निर्वाचनमा तपाईंहरूले प्राप्त गर्नुभएको विजयप्रति बधाई भन्न चाहन्छु । मेरो तर्फबाट मात्रै होइन, मेरो दल र भारतका तर्फबाट तपाईंहरूलाई धेरै–धेरै बधाई छ । प्रधानमन्त्री नरेन्द्र मोदीजीले त टेलिफोन गरेरै बधाई भनिसक्नुभएको छ । तैपनि उहाँले मलाई मेरैतर्फबाट बधाई दिनुहोस् भन्दै सन्देश पठाउनुभएको छ । केन्द्र र प्रदेशमा प्राप्त गर्नुभएको जनसमर्थनप्रति भोलिका कामका लागि थप शुभकामना पनि छ ।

नेपाल–भारतबीच धेरै लामो गहिरो सम्बन्ध छ । यो सम्बन्धलाई धेरै राम्रोसँग अगाडि लैजानुपर्छ । नेपाल हाम्रा लागि अत्यन्त नजिकको छिमेकी मुलुक हो र छिमेकीप्रति हामीले पहिलो प्राथमिकताको नीति अवलम्बन गर्दै आएका छौं । यो नीतिअनुसार पहिलेका कामलाई प्राथमिकतामा राखेरै सम्बन्ध अघि बढाउने भारत सरकारको नीति छ । हामीले अघि सारेका आयोजनालाई पनि त्यसअनुसार नै अघि बढाउन चाहिरहेका छौं ।

समृद्धिका लागि सहकार्यका साथ बढ्न चाहन्छौं
केपी ओली, अध्यक्ष, एमाले

काठमाडौंमा यहाँलाई स्वागत छ र बधाईप्रति धन्यवाद व्यक्त गर्दछु । नेपाल–भारतबीचको सम्बन्धलाई हामी नयाँ उचाइबाट अघि बढाउन चाहन्छौं । आजको चेतना, आवश्यकता र आजको अन्तर्राष्ट्रिय र क्षेत्रीय परिवेशमा दुई सार्वभौमसत्ता सम्पन्न र स्वतन्त्र मुलुकहरूबीचको सम्बन्धलाई कसरी लिएर जानुपर्छ भन्ने हिसाबले अघि बढ्न चाहन्छौं । हाम्रा बीचमा साझा शत्रु गरिबी छ । हाम्रा बीचमा काम गर्न सकिने आर्थिक समृद्धि, विकासको बाटोमा साझा हिसाबले अघि बढ्न चाहन्छौं । यसमा एक–अर्कालाई सहयोग गरेर जाने हाम्रो उद्देश्य हो । हामी विकास र समृद्धिका लागि सहकार्य र घनिष्ट सम्बन्धका साथ अघि बढ्न चाहन्छौं ।

 

 

लोकप्रीय

कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२

विचार

कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२

थप समाचार

कम्बोडियाले किन माग्यो युद्धविराम ?
अन्तर्राष्ट्रिय

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्
अन्तर्राष्ट्रिय

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?
ताजा समाचार

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२
विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक
ताजा समाचार

विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक

शनिबार साउन १० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Iranमा ह*त्या आतंक, अमेरिकी सुपरमार्केटमा चक्कु प्रहार || Nepal Times

World News: Iranमा ह*त्या आतंक, अमेरिकी सुपरमार्केटमा चक्कु प्रहार || Nepal Times

00:12:45

World News: सय मोस्टवान्टेड Chinaमा, Modiले डुलेरै सके ३६२ करोड || Nepal Times

00:23:28

World News: Bangladeshका पूर्व प्रधानन्यायाधीश प*क्राउ, Indiaले चिनियाँलाई पर्यटक भिसा खोल्यो

00:15:43

World News:ओबामामाथि ‘राजद्रोह’को आरोप, एआई भ्वाइस फ्रडप्रति अल्टम्यानलाई चिन्ता || Nepal Times

00:14:45

World News: अमेरिका जान 250 Dollar ‘कर’, हुथीले कब्जा गरेको बन्दरगाहमा आ*क्र*मण || Nepal Times

00:13:00

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

संविधान दिवसमा ६८१ कैदीलाई आममाफी,९९८ जनालाई विभूषण

विद्याका सबै सपना उडायो हुरीले, पार्टीको झण्डा बोक्नै नपाउने

बुधबार साउन ७ , २०८२
राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्यालाई अब कसैले रोक्न नसक्ने, ओलीकै पोल खोलिन्

मङ्लबार साउन ६ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

प्रचण्ड गर्मीकाबीच आज कहाँ हुँदैछ भारी वर्षा ?

बिहिबार साउन ८ , २०८२

हालका पोस्टहरू

कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.