प्रतिकूल मौसमले आन्तरिक उडानमा समस्या, विराटनगर विमानस्थल पनि बन्द

७ साउन ७६, बुधबार

८ साउन, काठमाडौँ ।

प्रतिकूल मौसमका कारण आज मुलुकको आन्तरिक हवाई उडानमा असर परेको छ । मौसम बद्लीसँगै बिहानैदेखि लगातारको वर्षाका कारण देशका अधिकांश विमानस्थलको सेवा अवरुद्ध भएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिकतर्फका सबै उडान अवरुद्ध भएको छ । आन्तरिक उडानमा समस्या आए तापनि अन्तर्राष्ट्रिय उडान भने नियमित भइरहेको विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले राससलाई जानकारी दिए ।

उनका अनुसार वर्षाका कारण देशका पश्चिमी क्षेत्रका केही विमानस्थल मात्र सञ्चालन छन् भने मध्य र पूर्वी भेगका अधिकांश विमानस्थलको सेवा अवरुद्ध छ । अहिले भैरहवा, नेपालगञ्ज र धनगढी विमानस्थल मात्रै सञ्चालनमा छ ।

पूर्वका चन्द्रगढी, विराटनगर, जनकपुर, सिमरा, लुक्ला तथा भरतपुर, पोखरालगायत विमानस्थल बन्द अवस्थामा छन् । आगामी तीन दिनसम्म देशभर बदली भई अधिकांश स्थानमा वर्षा तथा केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुनको न्यूनचापीय रेखा नेपालको तराई भू–भाग नजीकै अवस्थित रहेकाले मनसुनी वर्षा केही दिन सक्रिय हुनेछ । देशका पूर्व, मध्य र पश्चिमका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको पनि महाशाखाले उल्लेख गरेको छ ।रासस

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top