×

NEPAL TIMES UPDATES

Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026
Playing
World News:युरोनियमका लागि रुसको इरानलाई सहयोग,रुसमाथिको प्रतिबन्ध हट्यो, सामूहिक चिहानमा ५६ श*व
Apr 19, 2026
Playing
बस्तीमा डोजर चलेपछि घेरियो सरकार || Nepal Times
Apr 19, 2026
Playing
अब गरिबको चमेली बोल्दिने कोही छैन् गाउनु नपरोस् || Nepal Times
Apr 19, 2026
Playing
बालेनको हिन्दुप्रति प्रेम छैन्,भारतप्रतिको रवैया ठीक छैन्ः भारतीय धर्मगुरु || Nepal Times
Apr 19, 2026
Playing
राप्रपा पार्टी विघटन गर्न प्रस्ताव, राजेन्द्र लिङ्देमाथि ९ बुँदे आरोप || Nepal Times
Apr 19, 2026
Playing
Top 15 Afternoon News || April-19-2026 || Nepal Times
Apr 19, 2026
Playing
यु द्ध दोहोरिए विश्वव्यापी हुने, Iranले २०२६को नयाँ Missile हान्ने || Nepal Times
Apr 19, 2026
Playing
नेपालबारे कस्तो छ आईएमएफको प्रक्षेपण ?|| Nepal Times
Apr 19, 2026

सिसिटिभी फुटेजका दृश्य स्पष्ट देखिने प्रविधि भित्रिँदै

९ श्रावण २०७६

९ साउन, काठमाडौं।
घर वा कार्यालयमा भएको सिसिटिभीले पनि व्यक्ति पहिचान गर्न नसक्दा हैरान हुनुहुन्छ ? घर वा कार्यालयमा चोरी हुँदा व्यक्ति र उसले प्रयोग गरेका सामग्री र सडकमा दुर्घटना हुँदा सवारीसाधन देखिए पनि नम्बर प्रस्ट नदेखिँदा धेरैलाई समस्या भएको हुनसक्छ । प्रहरीसम्म पुग्दा पनि अनुहार टाढाबाट नचिनिएको भन्दै तपाई रित्तो हात फर्किनु परेको पनि हुनसक्छ ।

यदि त्यसो हो भने अब छिट्टै सिसिटिभीको फुटेज नचिनिने समस्या समाधान हुने भएको छ । नेपालमा छिट्टै सिसिटिभी फुटेजमा टाढाका वस्तुसमेत प्रस्ट देखिने प्रविधि भित्रिँदैछ । नेपाल विधि विज्ञान प्रयोगशालाले चालू आवभित्रै यो प्रविधि भित्र्याउने तयारी गरेको छ । प्रयोगशालामा नियमित रुपमा सिसिटिभी फुटेजसँग सम्बन्धित समस्या आउन थालेको प्रयोगशालाका निमित्त कार्यकारी निर्देशक वीरेन्द्रराज शाक्यले बताए । उनले भने, ‘चालू आवभित्रै सञ्चालनमा ल्याउने योजना छ ।’
समाज परिवर्तन भएसँगै नयाँनयाँ अपराधका घटना भइरहेका र त्यसकै आधारमा नयाँनयाँ प्रविधि आवश्यक भएको शाक्यले बताए । सिसिटिभी जडान भएका स्थानमा कुनै पनि घटनाका प्रमाणका रुपमा त्यसलाई लिइने गरे पनि त्यसले टाढाको दृश्य प्रस्ट नहुँदा नागरिक र प्रहरी हैरान छन् । उनले भने, ‘यही अन्यौलता हटाउनका लागि नेपालमा सिसिटिभी आवश्यक देखिएको हो ।’

Advertisement
Advertisement

प्रयोगशालाले अपराध अनुसन्धानमा वैज्ञानिक प्रमाण उपलब्ध गराउँदै आएको छ । अदालत, प्रहरी, सरकारी कार्यालयलगायतका स्थानबाट आएका समस्याको समाधान वैज्ञानिक प्रविधिबाट निष्कर्ष निकाल्ने काम गर्दै आइएको प्रयोगशालाले जनाएको छ । समयानुसार र अपराधका घटनाका प्रकृतिनुसार नयाँनयाँ प्रविधि भित्र्याउने र प्रयोग गरिँदै आएको निमित्त कार्यकारी निर्देशक शाक्यले बताए । ट्राफिक प्रहरी, नेपाल प्रहरी र अदालतबाट सिसिटिभीसम्बन्धी विवाद आउने गरेका छन् । त्यससम्बन्धी अनुसन्धान गरेर तथ्य पत्ता लगाउन आवश्यक रहेको उनको भनाइ छ ।

‘दुर्घटनामा रातको समयमा सिसिटिभीले दृश्य देख्ने तर नम्बर प्लेट नबुझिएको भन्ने घटना आइरहेका छन्’, उनले भने, ‘अहिलेसम्म हामीसँग सिसिटिभीको दृश्य प्रस्ट गर्ने प्रविधि नभएकाले सुझाव दिन सकिरहेका छैनौँ तर अब त्यस्ता प्रविधि ल्याउने योजनामा हामी छौं ।’

प्रयोगशालाले अहिले हस्ताक्षर सक्कली हो वा होइन्, हस्तरेखा मिल्छ वा मिल्दैन, रगतमा रहेको मदिरापान, विषालु पदार्थको मात्रा लगायतका परीक्षण गर्दै आएको छ । प्रयोगशालाले मानिस र जनावर दुवैको डिएनए परीक्षणसमेत गर्दै आएको प्रयोगशालाका सूचना अधिकारी दिनेशकुमार झाले बताए ।

विसं २०६२ मा मानिसको डिएनए परीक्षण शुरु गरेकामा दुई वर्षपहिले देखि जनावरको समेत डिएनए परीक्षण शुरु भएको हो । अहिले २७ वटा गुणका आधारमा आमाबाबु र सन्तानको डिएनए परीक्षण हुने गरेको उनले बताए। डिएनए परीक्षण शुरु हुँदा १६ वटा गुणका आधारमा परीक्षण गर्ने गरिएकामा केही वर्ष पहिलेबाट २४ वटा गुणका आधारमा परीक्षण हुने गरेको थियो ।

कुनै पनि व्यक्तिको हस्ताक्षर मिल्छ वा मिल्दैन भन्ने जाँच गराउने घटना लोक सेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका निकायबाट आउने गरेको निमित्त कार्यकारी निर्देशक शाक्यले बताए । ‘कतिपय छापिएका कागजात कति वर्ष पुरानो हो भन्ने छुट्याउने काम पनि प्रयोगशालाले गर्दै आएको छ’, उनले भने, ‘कुनै दुई वा त्योभन्दा बढी कागजातमा एउटै मसी प्रयोग भएको हो वा फरक मसी भन्ने छुट्याउने काम प्रयोगशालामा हुने गरेको छ ।’

समाजमा अपराधका घटना बढेसँगै यी र यस्ता मुद्दाहरु वैज्ञानिक परीक्षणका लागि अदालतमा आउने क्रम बढेको निमित्त कार्यकारी निर्देशक शाक्यले बताए । अदालतबाट आउने धेरै मुद्दामा चाँडो नतिजा आओस् भन्ने धेरैको अपेक्षा रहेको छ । प्रयोगशालाले एकातिर पहिले आएकाको परीक्षण गरेर नयाँ आएकालाई लाममा राख्ने गरेको उनको भनाइ छ ।

त्यस्तै धेरै मुद्दामा आवश्यक कागजात नहुँदा परीक्षण गर्न नसकिएको उनले बताए । उनले भने, ‘हामीले यी कुरा आवश्यक छ थप्नुहोस् भन्छौँ तर थप्नमा सम्बन्धित व्यक्तिले चासो देखाएको पाइँदैन ।’

Advertisement

न्यायिक सुधार आयोगको सुझावका आधारमा स्थापना भएको प्रयोगशाला शुरुमा नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) अन्तर्गत रहेको थियो । झण्डै पाँच वर्ष कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयअन्तर्गत रहेको प्रयोगशाला दुई दशकदेखि स्वायत्त संस्थाका रुपमा रहेको छ । अहिले प्रयोगशाला शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत रहेको छ ।–सञ्चिता घिमिरे/ रासस

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top