×

NEPAL TIMES UPDATES

Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026
Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026
Playing
भारतीय ‘कक्रोज‘ले किन भने नेपाल र बंगलादेशसँग तुलना नगर्नु ?|| Nepal Times
May 22, 2026
Playing
पिता बिना ट्रम्प जुनियरको विवाह,ट्रम्पको परिवारमा को–को छन् ?|| Nepal Times
May 22, 2026
Playing
सांसद्हरुले प्रधानमन्त्री र मन्त्रीको पोल सुनाएपछि रविले के भने ?|| Nepal Times
May 22, 2026
Playing
अमेरिकाविरुद्ध नेपालको शानदार जित,इशान र सन्दीपको जादु || Nepal Times
May 22, 2026
Playing
रवि, छवि र जिवीविरुद्ध अब सहकारी ठगी मुद्दा मात्रै चल्ने|| Nepal Times
May 22, 2026
Playing
नेपालमा पाकिस्तानको जस्तो “हाइब्रिड शासन मोडेल” सम्भव होला ?|| Nepal Times
May 22, 2026
Playing
World News: गो*ली*का*ण्डमा २५ जना मा*रि*ए,इबोला अस्पतालमै आग*जनी,विमान ह*त्यामा दोषी || Nepal Times
May 22, 2026

‘पूर्वाञ्चल कलेज प्रिन्सेस र प्रिन्स’ फागुन ७ गतेदेखी हुने

१९ माघ २०७४

किशोर विश्वकर्मा
विराटनगर, माघ १९
आगामि फागुन ७ गतेदेखी पूर्वाञ्चल कलेज प्रिन्सेस र प्रिन्स हुने भएको छ । एड होमको आयोजनामा २०७१ साल देखी सुरु भएको पूर्वाञ्चल कलेज प्रिन्सेसको चौथो संस्करण र २०७३ सालदेखी सुरु भएको पूर्वाञ्चल कलेज प्रिन्सको दोस्रो संस्करणको पहिलो छनौट चरण आगामि फागुन ७ गतेदेखी विराटनगरबाट सुरु गरिने विराटनगरमा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

उक्त पूर्वाञ्चल कलेज प्रिन्सेस र प्रिन्सको दोस्रो छनौट चरण फागुनकै दोस्रो साता गरिने पत्रकार सम्मेलनमा कोरियोग्राफर साजिद आलमले जानकारी दिए ।

Advertisement
Advertisement

उनले छनौट चरणबाट छनौट गरिएका २०/२० जनालाई २२/२२ दिनसम्म विभिन्न किसिमका तालिम, गोष्ठि तथा सामाजिक कृयाकलापमा सहभागिता गराइने जानकारी दिए ।

आलमले विराटनगर वाहिरका प्रतियोगिहरुलाई मध्यनजर गर्दै छनौट कार्यक्रम पूर्वका इटहरी, धरान र दमकमा पनि आयोजना गरिने बताए ।

प्रतियोगिताका विजेता पूर्वाञ्चल कलेज प्रिन्सेस र प्रिन्सलाई समान ५/५ लाखको जिवन विमा गरिनुका साथै नगद २१ हजार रुपैयाँ तथा आकर्षक अन्य पुरस्कारहरु समेत वितरण गरिने र सानिमा लाईफ इन्सुरेन्स कम्पनिको ब्राण्ड एम्बेडसर बनाइने आयोजक संस्थाका निर्देशक गम्भिर भगतले जानकारी दिए ।

Advertisement
Advertisement

उक्त प्रतियोगिताको कोरियोग्राफि साजिद आलमले गर्नेछन भने उपेक्षा थापा संयोजक रहेकी छन् । प्रतियोगिता अवधिभर अफिसियल फोटोग्राफि विराटनगरका युवाहरु द्धारा सञ्चालीत ‘सटर अफ’ ले गर्ने आयोजक संस्थाका प्रवन्ध निर्देशक विपिन श्रेष्ठले जानकारी दिए ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top