प्याब्सन आँगनको फाइनलमा २० जना विद्यार्थी छनौट

११ साउन ७६, आइतबार

११ साउन, विराटनगर । 

Advertisement

प्याब्सन आँगनको फाइनलमा २० जना विद्यार्थी छनौट भएका छन् । विराटनगरमा शनिबार भएको सेमिफाइनलबाट गायनमा १० र नृत्यमा १० गरी २० जना छनौट भएका हुन् ।

साउन २४ गते हुने फाइनलमा गायनतर्फ विराटनगरस्थित सप्तकोशी स्कुलकी प्राप्ती भट्टराई, एभेरष्ट स्कुलकी सिविस्मा काफले, गौतम बुद्धकी नेहारीका खनाल, जेसी बाल सदनका प्रज्ञान शर्मा, सगरमाथाका अनुभव तिम्सिना, झोराहाटको शारदाका सुनिता सरदार, मदरल्याण्ड ऐकेडेमीका नविन पौडल, डिएभीका चुली सिंह, सनसाइनकी सइमा भूजेल र पूर्वाञ्चल विद्या सदनका अनुराग प्रधान छनौट भएको प्याब्सन विराटनगरका सचिब अर्जुन श्रेष्ठले जानकारी दिए । यस्तै नृत्यतर्फ फाइनलमा सगरमाथाका निसान राई, विकेभिएमकी सप्रिति दाहाल, डिएभीका पिरान्सु शर्मा, सिद्धार्थ शिशुसदनकी सौनिका ढकाल, एजेलियाकी इशान त्रिपाली, एभरेष्टकी मानषि खनाल, खुसी बज्रचार्य, बूढीगंगास्थित जिवियर्सकी चिना थापा, गौतमबुद्धका लावान सुब्बा, मार्टसका पिक्षा सुब्बा छन् ।

Advertisement

फाइनलमा पुगेका प्रतियोगिहरूका लागि प्रशिक्षण आउँदो शुक्रबारदेखि हुनेछ । ‘सधैको लागि, सबैको लागि, राष्ट्रको शिक्षा, कलाका लागि, प्याब्सन आँगन, प्याब्सन विराटनगर’ मुल नाराको साथ प्याब्सन विराटनगरले प्रतियोगिता आयोजना गरेको हो । विद्यालयहरूमा अध्ययरत विद्यार्थीहरूको प्रतिभालाई बाहिर ल्याउने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा कक्षा १० सम्म अध्ययरत विद्यार्थीहरूले भाग लिएका छन् । तीन चरणको अडिसन राउण्ड पुरा गरेपछि प्रतियोगी फाइनलमा पुग्नेछन् । दुवै विधातर्फको सेमिफाइनलसम्म २५÷२५ जना छनौट गरी फाइलनमा १०÷१० जना छनौट गरिएको हो ।

एकल नृत्य र एकल गायन दुवै विधाका विजेताले नगर र ट्रफि प्राप्त गर्नेछन् । अन्य उपबिजेता हुने ९ जना प्रतियोगिले ट्रफि तथा पुरस्कार पाउने प्याब्सन विराटनगरका अध्यक्ष इन्द्र राईले जानकारी दिए । पहिलो चरणको अडिसनमा ८० भन्दा बढी विद्यालयहरूबाट गायनमा ९५ र नृत्यमा १ सय ५५ जना गरि २ सय ५० जना प्रतियोगिहरूले भाग लिएका थिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top