×

NEPAL TIMES UPDATES

Playing
रास्वपा सांसदलाई रविका १२ बुँदे निर्देशन, आफै कानून नबन्नु || Nepal Times
Apr 29, 2026
Playing
डिएलएसमा नेपाल १०२ रनले पराजित || Nepal Times
Apr 29, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-16-2083 || Nepal Times
Apr 29, 2026
Playing
अदृश्य रूपमा किन झन्झन् सक्रिय बन्दै छ सेना ? || Nepal Times
Apr 29, 2026
Playing
Iranले Americaको फाइटर जेट्स कसरी झार्यो ? || Nepal Times
Apr 29, 2026
Playing
अध्यादेशको विरोध गर्ने रवि अहिले कसरी समर्थक?अध्यादेश दल फुटाउन र सुविधा लिन होइन || Nepal Times
Apr 29, 2026
Playing
ओली एमाले भित्र कसरी बोझ बने ? || Nepal Times
Apr 29, 2026
Playing
प्रचण्डमाथि भर छैन, ओली हटाएर एमाले पुनर्गठन गर्ने, जनतासंग माफी माग्ने || Nepal Times
Apr 29, 2026
Playing
नेपाली फुटबलमा ब्ल्याकआउटको खतरा, को हो दोषी ?|| Nepal Times
Apr 29, 2026
Playing
इरा*न ध्व*स्त हुने अवस्थामा, यूएई ओपेक बाहिर, आ*त्म*घाती रणनीतिमा किम खुसी|| Nepal Times
Apr 29, 2026

सिंगापुरसँग नेपालको लज्जास्पद हार, टी-२० विश्वकपको मौका गुम्यो

१२ श्रावण २०७६

१२ साउन, काठमाडौँ ।
नेपालको आगामी वर्ष अष्ट्रेलिया हुने टी–२० विश्वकप खेल्ने सपना समाप्त भएको छ । आईतबार आईसीसी टी२० एसिया विश्वकप छनोट खेलमा सिंगापुरसँग ८२ रनले पराजित भएसँगै विश्व वरीयतामा एघारौँ स्थानमा रहेको नेपालले १६ राष्ट्र खेल्ने विश्वकपको मौका गुमाएको हो ।

नेपाललाई हराउँदै प्रतियोगितामा अपराजित बनेको सिंगापुर च्याम्पियन बन्दै सिंगापुर पहिलो पटक ग्लोबल छनोटमा पुगेको छ । ग्लोबल छनोट आगमी अक्टोबरमा यूएईमा हुने छ । १ सय ९२ रनको विजयी लक्ष्य पछ्याएको नेपाल १५ ओभरमा अल आउट हुँदै १ सय ९ रनमा समेटियो । ओपनर ज्ञानेन्द्र मल्लले ३९ रन बनाउन बाहेक अन्य कुनै पनि खेलाडीले राम्रो प्रर्दशन गर्न सकेनन् ।

Advertisement
Advertisement

नेपालले चौथो ओभरको पहिलो बलमा कप्तान पारस खड्कालाई १२ रनमा गुमाएको थियो । अम्जाद महबुबको बलमा ठूलो सट खेल्ने धुनमा पारस सुरेन्द्रन चन्द्रमोहनबाट क्याच आउट हुनुअघि १० बलमा समान १ चौका र छक्का प्रहार गरे ।

सातौं ओभरको तेस्रो बलमा विजय कुमारले ज्ञानेन्द्र मल्ललाई ३९ रनमा बोल्ड आउट गरे । मल्लले २१ बलमा ४ चौका र ३ छक्का प्रहार गरे । ८ औं ओभरको चौथो बलमा जनक प्रकाशले बाउन्ड्री लाइन नजिकै एक हातले उत्कृष्ट क्याच लिदै शरद भेषवकरलाई ७ रनमा क्याच आउट गरेपछि नेपाल संकटमा परेको थियो । नवौं ओभरको तेस्रो बलमा विजयकुमारले रोहित कुमार पौडेललाई कट विहाइन्ड गर्दै ५ रनमा आउट गरे ।

नेपालले ११ औं ओभरमा विनोद भण्डारीलाई ९ र करण केसीलाई शुन्यमा गुमाएपछि अघिल्लो चरणको संभावना टाढिएको थियो । दुबै विजय कुमारको बलमा ठूलो सर्ट खेल्ने धुनमा आउट भएका हुन् । सोमपाल कामी ११ रनमा रन आउट भए । सन्दीप लामिछाने डक र दीपेन्द्र सिंह ऐरी २३ रनमा आउट भए ।

नेपाललाई सस्तैमा रोक्न सिंगापुरका विजय कुमारले ४ ओभरमा २५ रन खर्चेर ४ विकेट लिए । त्यस्तै जनक प्रकाश,अनन्थ कृष्ण,मम्जाद महबुबले विकेट लिए । विनोथको नाममा २ विकेट रह्यो ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको सिंगापुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९१ रन बनायो । नेपालले टी–२० आईमा पाएको यो हालसम्मकै उच्च लक्ष्य समेत हो । उसका लागि खेलाडी युवा टिम डेबिडले ७७ रनको महत्वपूर्ण योगदान दिए । १८ ओभरको दोस्रो बलमा अभिनाष बोहोराले ज्ञानेन्द्र मल्लबाट क्याच आउट गराउनु अघि डेविडले ४३ बलमा ८ चौका ३ छक्का प्रहार ।

करण केसीलाई दोस्रो ओभरमा दास्रो र तेस्रो बलमा लगातार चौका प्रहार गरेका सिंगापुरका ओपनर सुरेन्द्रन चन्द्रमोहन चौथौ बलमा भने ठूलो सट खेल्ने धुनमा ज्ञानेन्द्र मल्लबाट ८ रनमा क्याच आउट हुन पुगेका थिए । तर, रोहन रङ्गराजन र टिम डेविडले दोस्रो विकेटका लागि ८९ रनको उत्कृष्ट साझेदारी गर्दै विशाल योगफल तर्फ लम्काएका थिए । यी दुईबीचमो साझेदारी ११ औं ओभरको चौथो बलमा अभिनाष बोहोराले रोहनलाई शरद भेषवाकरबाट ४९ रनमा क्याच आउट गराउँदै तोडेका थिए । रोहनले ३३ बलमा ३ चौका र ४ छक्का प्रहार गरे ।

Advertisement

तेस्रो विकेटका लागि डेविडले मनाप्रित सिंहसँग ६६ रनको साझेदारी गरेपछि सिंगापुरले विशाल योगफल तयार पारेको हो । सिंहले २७ बलमा ३ चौका र २ छक्का सहित ४२ रनमा क्याच आउट भए । नेपालका लागि अभिनाष बोहोराले ४ ओभरमा ३५ रन खर्चेर ४ विकेट लिए । करण केसीले ३ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । शरद भेषवाकर, सन्दीप लामिछाने, सोमपाल कामी र वसन्त रेग्मी भने विकेट विहीन हुन पुगे ।

भर्खरको समाचार

विष्णु पौडेलले प्रचण्डलाई पत्याएनन्,प्रचण्डले कम्युनिष्टको नेतृत्व गर्न सक्दैनन्

kp-oli-prachanda_epzIIIIFQI

सुदनमाथि अर्काे अन्याय

sudhangurung30320261029351000x0-1775222839

विराटनगर जुटमिलमा डोजर चल्ने,१४ बिगाहा अतिक्रमण, ६ सय परिवार हटाइने

brt-jute-mill-2_1516020317t

सुदूरपश्चिमदेखि कोशीसम्म आज रातभर तीव्र हावाहुरी चल्ने

mausam-2075-12-18-768x388

नेपाली सेनाले सुकुम्बासी बस्तीको विवरण किन खोज्यो ?

Balen and Harka_NPL (11)

के साँच्चै बादल चोर्न सम्भव छ? प्रकृतिको प्रकोप कि राजनीतिक अस्त्र?

1607456110344

अध्यादेशविरुद्ध विपक्षीहरूको बैठक, रास्वपामै मतभेद

df93fd9b-df47-4fa2-9f70-d8b50432f5cb

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

सम्बन्धित खबरहरु

Scroll to Top