एमालेले प्रदेश नं २ मा संसदीय दलको नेता छान्न निर्वाचन गर्ने

१९ माघ ७४, शनिबार

महेन्द्रनगर, धनुषा, २० माघ  ः प्रदेश नं २ को प्रदेशसभामा मधेशी गठबन्धनपछि दोस्रो ठूलो दलका रुपमा उपस्थित भएको नेकपा ९एमाले०को संसदीय दलको नेता छान्नका लागि निर्वाचन प्रक्रिया अपनाउने भएको छ ।

एक सय सात सदस्यीय प्रदेशसभामा एमाले २१ सिटसहित तेस्रो ठूलो दलका रुपमा रहेको छ । २९ सिट भएको पहिलो दल संघीय समाजवादी फोरम र २५ सिटसहित दोस्रो दल बनेको राजपाको गठबन्धनले सरकार बनाउने भएपछि एमालेले प्रमुख विपक्षी दलको हैसियत पाउने स्थिति रहेको छ ।

प्रमुख विपक्षी दलको नेता बन्न एमालेमा दुई नेता प्रतिस्पर्धामा छन् । स्थायी कमिटी सदस्य तथा प्रदेश नं २ का संयोजक सत्यनारायण मण्डल र पोलिटब्यूरो सदस्य शत्रुधन महतोबीच चुनाव हुने देखिएको प्रदेशसभा सदस्य मञ्जु यादवले बताए ।

Advertisement

सहमतिको प्रयास असफल भएपछि चुनाव हुन लागेको हो । मण्डलले आफू बरिष्ठ नेता र प्रदेश संयोजक समेत भएकाले सर्वसम्मत हुनुपर्ने प्रस्ताव राख्नुभएको छ भने महतो पक्षले मण्डलकै गलत शैलीका कारण प्रदेश नं २ का तीनै तहका निर्वाचनमा पार्टीले क्षति भोग्नुपरेको भन्दै उहाँलाई स्वीकार नगर्ने प्रष्ट पारेको छ ।

यता प्रदेश नं २ को प्रदेशसभामा चौथो शक्तिका रुपमा नेपाली काँग्रेसको संसदीय दलको नेताको पनि टुङ्गो लागेको छैन ।

Advertisement

त्यस्तै माओवादीबाट महोत्तरीका भरत साह, धनुषाका रामचन्द्र मण्डल र सिरहाका रामकुमार यादव प्रतिस्पर्धी छन् । माओवादी प्रदेश नं २ मा पाँचाँै शक्तिका रुपमा रहेको छ ।

Advertisement

भर्खरको समाचार

इन्डोनेसियामा अमेरिकी कालो छाँया, पुनः विरोध प्रदर्शन सुरु

1

के साँच्चै नै हुँदैन त संविधान संशोधन?

Sambidhan

प्रधानमन्त्री र मन्त्रीहरुलाई आफ्नै बोलीले बितायो,बालेन,स्वर्णिमपछि सुनिल

sunil

फिफा विश्वकपःडिशहोममार्फत मोबाइल र टेलिभिजन दुवैमा प्रत्यक्ष प्रसारण हेर्न सकिने

Picture1

ब्राजिलमा २ हेलिकप्टर ठोक्किँदा अमेरिकी गायक ट्रीसहित ६ जनाको मृत्यु

Screenshot 2026-06-15 143753

नेपाल कसरी बन्दैछ खनिजको नयाँ हब? युरेनियमदेखि ग्याससम्मको योजना

fdbe43fd-b262-43e6-9414-b3b7aa0e50c5

स्टाटस लेखिदेऊ भनेका थिए ओलीले,विष्णु पौडेलले रोकेका थिए

kp-oli-sad

आज वाङ यीसँग वार्ता गर्दै परराष्ट्रमन्त्री खनाल, चार एजेन्डा

Screenshot 2026-06-15 131250

अल्टिमा लाइफस्टाइलले नेपालमा आफ्नो पहिलो कराओके स्पिकर ‘अल्टिमा बुमबक्स १३०’ सार्वजनिक गर्दै, असार २ गतेदेखि बिक्री सुरु

ultima

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top