सिंघीया खोलाले बगाउँदा १ जनाको मृत्यु

११ साउन ७६, आइतबार

१२ साउन, विराटनगर ।
रामेछाप घर भई बिराटनगर–७ मा बस्दै आएका १५ बर्षिय रमेश गुरुङको सिंघीया खोलाले बगाएर मृत्यु भएको छ । शनिबार दिउँसो साथीहरुसंग सिंघियाखोलामा पौडी खेल्ने क्रममा खोलाले बगाउँदा गुरुङ बेपत्ता भएका थिए ।

Advertisement

स्थानीय र वडा प्रहरी कार्यालय बिराटनगरको टोलीले खोजतलास गर्ने क्रममा आइतबार बिहान जहदा भातीगञ्ज स्थित सोही खोलाको किनारमा गुरुङको लास फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top