विराटनगर भन्सार कार्यालयद्वारा ३८ अर्ब राजश्व सङ्कलन

१३ साउन, विराटनगर ।

विराटनगर भन्सार कार्यालयले आर्थिक वर्ष २०७५/७६ मा कूल रु ३८ अर्ब २८ करोड ९४ लाख ८८ हजार राजश्व सङकलन गरेको छ । रु ४२ अर्ब ५३ करोड १९ लाख १८ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको सो भन्सार कार्यालयले उक्त अवधिमा लक्ष्यको तुलनामा रु चार अर्ब २४ करोड २४ लाख ३० हजार राजश्व सङकलन कम भएको भन्सार अधिकृत मणिराम पौडेलले जानकारी दिए । उनले गएको फागुन महिनादेखि आयात घट्नु, जोगवनी र बथनहाबीचमा अवस्थित पुलमा अवरोध आउनुजस्ता कारणले लक्ष्यको तुलनामा कम राजस्व सङकलन भएको बताए ।

कार्यालयले सो अवधिमा साउनमा १०० दशमलव ६८ प्रतिशत, भदौमा ९५ दशमलव २५, कात्तिकमा १०७ दशमलव ४४, मङ्सिरमा १०१ दशमलव ५०, पुसमा १०० दशमलव शून्य चार, माघमा ९७ दशमलव १४, फागुनमा ९५ दशमलव शून्य दुई, चैतमा ९४ दशमलव ३७, वैशाखमा ९२ दशमलव १८, जेठमा ९१ दशमलव ६४ र असारमा सबैभन्दा कम ९० दशमलव शून्य तीन प्रतिशत राजश्व सङ्कलन गरेको छ ।

Advertisement

सङ्कलित राजश्वमा भन्सार महसुल रु १५ अर्ब ४७ करोड दुई लाख ४८ हजार, मूल्य अभिवृद्धि कर रु २० अर्ब ८५ करोड १९ लाख चार हजार र अन्तःशुल्क रु एक अर्ब ९६ करोड ७३ लाख ३६ हजार छन् ।

सो अवधिमा भन्सार नाकाबाट कूल रु २० अर्ब २७ करोड ११ लाख ३५ हजार मूल्य बराबरको १० किसिमका सामान निकासी भई कूल रु तीन खर्ब २३ अर्ब ४१ करोड ३३ लाख ४७ हजार मूल्य बराबरको १० किसिमका सामान आयात भएको कार्यालयले जनाएको छ । आयात र निर्यातको यो असन्तुलनले हामी नेपाली परनिर्भरतामा बढी केन्द्रित भएको अनुमान सहजै लगाउन सकिन्छ ।रासस

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

सम्बन्धित समाचार

Scroll to Top