१३ साउन, काठमाडौँ ।
साउने महिनाको दोस्रो सोमबार आज पनि शिव मन्दिरहरुमा भक्तजनहरुको घुईचो लागेको छ । यसै अवसर पारेर ललितपुरको कुम्भेश्वर मन्दिरमा पनि भक्तजनहरुले शिव भगवानको पूजाअर्चना गरी धर्म, अर्थ, काम र मोक्ष प्राप्तीको कामना गरेका छन् ।
साउन महिनाको सोमबार ब्रत बसी भगवान शिवजीको पूजा आराधना गरे मनले चिताएको पुग्ने धार्मिक विश्वास रहि आएको छ । सोही विश्वास अनुसार आफूहरु पनि कुम्भेश्वर मन्दिरमा ब्रत बसी पूजा अर्जना गर्न आएको भक्तजनहरुको भनाई छ ।

साउन महिनामा भगवान शिवजीको विशेष महिना भएको हुनाले यस महिनामा शिव मन्दिरहरुमा पूजा गरे वर्षात्का कारण हुने प्राकृतिक विपत्ति पनि टरेर जाने धार्मिक विश्वास रही आएको छ ।
साउन महिनाको सोमबार ब्रत बसे धर्म, अर्थ, काम र मोक्ष सबै प्राप्ती हुने भएकाले शिव मन्दिरहरुमा भक्तजनहरुले ब्रत बसी जल चढाएर पुजा गर्ने प्रचलन रहि आएको मन्दिरका पूजारीले बताएका छन् ।

