१३ साउन, काठमाडौँ ।
प्रतिनिधिसभाको बैकठमा नेपाली कांग्रेस र राजपाका सांसदहरुले संसदीय सर्वोच्चता कामय गर भन्दै नाराबाजी गरेका छन । बैठकको सुरुमै उभिएर विरोध जनाएका उनीहरु सभामुखले कार्यसूची अगाडि बढाउने भन्दै सुन्य समयको कार्यसुची अघि बढाएपछि सांसदहरुले रोष्टम अगाडि आएर नाराबाजी गरेका हुन् । सांसदहरुले नाराबाजी गरेपछि अहिले संसद सचिवाललयबाट दिईने श्रव्यदृश्य सामाग्रीमा नारावाजीको अडियोलाई बन्द गरिएको छ ।
यसअघि असार २५ गतेको बैठकमा नेपाली कांग्रेस र राजपाका सांसदहरुले सर्लाहीका विभिन्न ३ छुट्टा छुट्टै घटनाको छानविनका लागि संसदीय समिति गठन गर्न माग गर्दे रोष्टमा नाराबाजी गरेका थिए । विरोधका बाबजुत सभामुखले कार्यसुची अगाडि बढाउदै सचिव गोपालनाथ योगीलाई राष्ट्रियसभाबाट प्राप्त सुझाव बढ्न अनुमति दिएका थिए । त्यसपछि अर्को बैठक असार ३० गते अपरान्ह १ बजेका लागि बैठक बोलाईएको थियो ।
संघीय संसद सचिवालयले बाढी पहिरो र डुबान प्रभावित क्षेत्रमा राहतमा आवश्यक सहयोग, समन्वय एवं अनुगमन समेत गर्नका लागि सांसदहरु आ–आफ्नो क्षेत्र र जिल्लामा जान समय दिनुपर्ने भएको भन्दै सूचना टासेर ८ गतेलाई सारेको थियो ।साउन ८ गते भने बाढी पहिरो सम्बन्धी विशेष प्रस्ताव माथि छलफल भएको थियो ।