बाबु आमालाई दिने सेवामा विज्ञबाट राय लिने

१५ साउन ७६, बिहीबार

साउन १६, काठमाडौं । संसदीय समितिले सन्तानले ज्येष्ठ नागरिक बाबुआमालाई दिने सेवा सुविधाको बारेमा विज्ञहरुको सुझाव लिने भएको छ ।

संघीय संसद प्रतिनिधिसभा महिला तथा सामाजिक समितिले ज्येष्ठ नागरिक सम्बन्धी ऐन २०६३ लाई संसोधनगर्न बनेको विधेयकको बुँदा ८ को ‘क’मा राखिएको ‘पारिश्रमिकवा रकम जम्मा गर्नुपर्ने’ भन्ने बाध्यकारी व्यवस्थाका सम्बन्धमा सदस्यहरुबीच मत ऐक्यता नभएपछि विज्ञको सुझाव लिने भएको हो ।

विहिबार बसेको समितिको बैठकमा सदस्यहरुले निश्चितप्रतिशततोकेर बाध्यकारी व्यवस्था गर्दा सम्पत्ति लुकाउने खतरा पनि बढ्न सक्ने भएकाले यससम्बन्धमा उपयुक्त व्यवस्था गर्नका लागि विज्ञको सुझाव लिनुपर्ने धारणा राखेपछि समिति विज्ञसंग परामर्श गर्ने निर्णयमा पुगेको हो ।

Advertisement

समिति सदस्य कृष्णबहादुर राईले आयस्रोत र अन्य सम्पत्ति अनुसार वर्गिकरण गरेर रकम तोक्नुपर्ने धारणा राखेका छन् । ज्येष्ठ नागरिकको साथै सबै वर्ग र समुदायको हित अनुकुल हुने गरि व्यवस्था गर्न विज्ञको सुझाव लिनुपर्ने बताए ।

अर्का सदस्य हिरा गुरुङले आयस्रोत नहुनेले १० प्रतिशत रकम जम्मागर्न नसक्ने भएकाले त्यस्ताको हकमा सम्पुर्ण दायित्व राज्यले लिने गरि व्यवस्था गरिनुपर्ने बताए ।

Advertisement

सभापति निरु देवी पालले निश्चित रकम तोक्दा आम्दानी लुकाउन सक्ने खतरा रहेको र त्यसले समग्र मुलुककै राजश्व संकलनमा पनि असर देखिने भएकाले यसबारे विज्ञसंग छलफल गरि निर्णय गरिने बताए ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेले बैदेशिक रोजगारीमा जानेहरुका सवालमा विधेयकमा व्यवस्था गरिनुपर्ने तर्क गरे ।

मुल ऐनमाथप्ने गरि संसोधन प्रस्ताव गरिएको विधेयकको दफा ८ ‘क’पारिश्रमिकवा रकम जम्मा गर्नुपर्ने प्रावधान अन्र्तगत ‘सार्वजनिक पद धारण गरेकावा स्वरोजगार, पेशा व्यवसाय गरेकाव्यक्तिले आफ्नो मासिक आम्दानीको १० प्रतिशतबाबु आमाको नाममा रहेको बैक खातामाप्रत्येक महिनाजम्मागर्नुपर्नेछ ।’ साथै जम्मा गरिएको रकमको दोब्बर रकम राज्यले सामाजिक सुरक्षा वापत थप गर्नु पर्ने प्रावधानपनि राखिएको छ ।

आपसी, माया, प्रेम, स्नेह तथा कर्तव्य र जिम्मेवारी बोधको अनुशासनबाट परिवार चल्ने गरेकाले पैसा जम्मागर्ने पर्ने बाध्यकारी व्यवस्थाले बाबुआमाबाट सन्तानलाई झनै टाढा पुर्याउने तर्क पनि समिति सदस्यहरुले गर्दे आएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top