विप्लवका ४ कार्यकर्ता हतियारसहित पक्राउ

विप्लवका ४ कार्यकर्ता हतियारसहित पक्राउ

साउन १६, रौतहट । प्रतिबन्धित नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा समूहका ४ जना कार्यकर्ता हतियारसहित रौतहटबाट पक्राउ परेका छन् ।

चन्द्रपुर नगरपालिकाको ३ नम्बर वडा कार्यालयमा आगजनी गरे लगत्तै प्रहरीले बुधबार साँझ उनीहरुलाई हतियारसहित नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा चन्द्रपुर नगरपालिका ४ का टेकान टोलका मानबहादुर वाइवा र रामबहादुर घिसिङसहित ४ जनालाई प्रक्राउ गरिएको जिल्लाप्रहरी कार्यालय रौतहटले जनाएको छ ।

पक्राउ परेकाहरुको बयानको आधारमा बुधबार साँझ वाइवा र घिसिङको घर खानतलासी गर्दा घिसिङको घरबाट एक थान स्वचालित पेस्तोल र एक थान नलकटुवा पेस्तोलसहित १० राउन्ड गोली बरामद गरिएको प्रहरीले जनाएको छ ।

वाइवा पूर्व माओवादी कार्यकर्ता हुन् भने घिसिङ विगत केहीमहिना यता विप्लव समूहका सहयोगी रहँदै आएका थिए ।

अन्य दुईजना बारे अनुुसन्धान भइरहेको प्रहरीले बताएको छ । वाइवा पछिल्लो समय सुमो गाडी चालकको काम गर्दै आएका थिए भने घिसिङ गाउँमै फ्रेस हाउसमा कामगर्दै आएका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.