प्रदेश १ का एक दर्जन अपाङता भएका ब्यक्तिले पाए सहायक सामाग्री

प्रदेश १ का एक दर्जन अपाङता भएका ब्यक्तिले पाए सहायक सामाग्री

१६ साउन, विराटनगर । अपाङता भएका एकदर्जन बढी ब्यक्तिलाई विराटनगरमा सहायक सामाग्री वितरण गरिएको छ ।

केदारमल तोदी निजी ट्रस्टको आर्थिक र सिबिआर विराटनगरको प्राबिधिक सहयोगमा प्रदेश १ र २ का १३ जनालाई साहायक सामाग्रि वितरण गरिएको हो ।

समुदायमा आधारित पुर्नस्थापना केन्द्र (सिबिआर) भवनमा आयोजित कार्यक्रमकाबीच जिल्ला समन्वय समितिका उप्रमुख प्रकाशकुमार साह,केदारमल ट्रस्टका संचालक केदारमल तोदी र सिबिआर विराटनगरकी अध्यक्ष स्नेह पोखरेल लगायतले साहायक सामाग्री हस्तान्तरण गरे

कार्यक्रममा विराटनगरका अमनकुमार मण्डल,केराबारीकी पेमा गुरुङ,कटहरीकी काब्या दाहाल,मिक्लाजुङकी काब्या भट्टराई,सप्तरीका विरेन्द्रकुमार यादव र जहदाका झमेली मुखिया लगायतलाई उनीहरुको आवश्यकता अनुसार निर्माण गरिएको सहायक सामाग्री निशुल्करुपमा उपलब्ध गराइएको थियो ।

केदारमल तोदी ट्रस्टको पौने दुई लाख बढी आर्थिक सहयोगबाट अपाङता भएका ब्यक्तिहरुलाई सहायक सामाग्री उपलब्ध गराइएको सिबिआर विराटनगरकी प्रबन्धक रंजना दाहालले जानकारी दिइन ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.