‘रसुवा पानी’ काठमाडाैंमा सार्वजनिक, एशिया र मध्यपूर्वका देशमा निर्यात गरिने

१८ साउन ७६, शनिबार
Share this
836shares

काठमाडौं, १८  साउन ।

Advertisement

नेपालको पानी विदेश निर्यात गर्ने उद्देश्यले रुद्र गङ्गा नेचुरल वाटर कम्पनीले रसुवा जिल्लाको हिमालय क्षेत्रबाट बगेर आउने स्प्रीङ पानीको उत्पादन सुरु गरेको छ।

खानेपानी मन्त्री बिना मगरले शुक्रबार विशेष कार्यक्रम गरी विदेश निर्यात गर्ने उद्देश्यले रसुवा ब्रान्डको पानी उत्पादन भएको घोषणा गरिन्।

Advertisement

लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा रहेको गोसाइँकुण्ड नगरपालिका वडा न ६ मा प्लान्ट स्थापना गरेर कम्पनीले हिमालय क्षेत्रबाट बगेर आउने पानीको उत्पादन गरिरहेको कम्पनीका अध्यक्ष गणेश भण्डारीले जानकारी दिए।

अध्यक्ष भण्डारीले जर्मन प्रविधि र अत्याधुनिक मेसिनहरुको प्रयोग गरेर अटोमेटेड बोटलिङ भई पानीको उत्पादन कार्य भैरहेको बताए।

Advertisement

उनका अनुसार कम्पनीले दैनिक ५० हजार लिटर बोतल र ३ हजार जार प्राकृतिक स्प्रीङ वाटर उत्पादन गर्ने लक्ष्य राखेको छ। नेपाली बजारमा तुरुन्त र खाडी मुलुकहरूमा मंसिरपछि ९आउँदो डिसेम्बरसम्म०मा पानी निर्यात गरिने अध्यक्ष भण्डारीले बताए।

कार्यक्रममा मन्त्री मगरले नेपालको पानी विश्व बजारमा निर्यात गरि बिक्री गर्ने योजनामा सरकार लागिरहेको बताइन्। उनले हिमालबाट बगेर खेर गइरहेको पानीमा लगानी गर्न निजी क्षेत्रलाई आग्रह गरिन्।

‘हाम्रो पानी प्राकृतिक रूपमा खान योग्य छ । अरु देशको भन्दा स्वच्छ र सफा छ’ उनले भनिन् ‘अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्छौं । यसको लागि नेपाल सरकार सहयोग गर्न तयार छ।’

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले देशमा ब्यापार घाटा निकै बढिरहेको बेला पानी मात्र निर्यात गर्न सक्यौं भने देशलाई फाइदा पुग्ने बताए। उनले नेपालको पानी सिङगापुर, दुबई, कतार, अमेरिका र युरोपमा निर्यात गर्न सकियो भने राम्रो लाभ मिल्ने बताए।

नेपाल चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले अब आर्थिक समृद्धि बढाउन र व्यापार घाटा कम गर्न पानीको निर्यात नै एकदम उपयुक्त हुने बताए। कम्पनीले वरिष्ठ कलाकार हरिवश आचार्य र मदनकृष्ण श्रेष्ठलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top