प्रधानमन्त्री ओलीको रगतमा समस्या ,परीक्षणका लागि आज सिङ्गापुर जाँदै

प्रधानमन्त्री ओलीको रगतमा समस्या ,परीक्षणका लागि आज सिङ्गापुर जाँदै

१८ साउन ,काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओली शनिवार सिंगापुर जाने भएका छन् । सिंगापुरको ‘नेसनल युनिभर्सिटी हस्पिटल’ मा स्वास्थ्य परीक्षण गर्न प्रधानमन्त्री ओली जान लागेका हुन् ।

स्वास्थ्यमा समस्या थपिएपछि परीक्षणका लागि निजी चिकित्सक डा।दिव्यासिंह शाहसहित सिंगापुर जान लागेका उनी करिब एक साता बस्नेछन् । ओली सिङ्गापुरस्थित ‘नेसनल युनिभर्सिटी हस्पिटल’ (एनयूएच) मा स्वास्थ्य परीक्षण गर्न आज बेलुका ९ः४५ बजे सिल्क एयरबाट जाँदैछन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.