रामेछापको एक वडा कार्यालयमा सिलिण्डर बम विस्फोट

रामेछापको एक वडा कार्यालयमा सिलिण्डर बम विस्फोट

साउन १८, रामेछाप । खाँडादेवी गाउँपालिका –३ भिरपानीको वडा कार्यालयमा शुक्रबार राति नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ताले सिलिण्डर बम विस्फोट गराएका छन् ।

विस्फोटपछि वडा कार्यालयको कम्प्युटर, कागजात लगायतका सामानहरु पूर्णरुपमा नष्ट भएको छ । विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताहरुले वडा कार्यालयको भवनमा गाडीको पुरानो टायरको बिचमा भरेको सिलिण्डर ग्यास राखेर आगो लगाएका थिए ।

ग्यास विस्फोट हुँदा वडा कार्यालयको भवनमासमेत क्षति पुगेको छ । शुक्रबार राति नै विस्फोट गराइएको भए पनि शनिबार बिहानमात्रै स्थानीयले वडा कार्यालयमा आगजनी भएको थाहा पाएर प्रहरीमा खबर गरेका थिए ।

घटनाको सम्बन्धमा छानविन भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक सन्तोषकुमार भट्टराईले जानकारी दिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.