विराटनगरका अपाङ्गतावरण गरेका युवाको म्यूजिक भिडियो सार्वजनिक

१८ साउन ७६, शनिबार
Share this
725shares

साउन १८, विराटनगर । जन्मिदै अपाङ्गतावरण गरेका विराटनगरका एक युवाले आफ्नै लेखन निर्देशनमा म्यूजिक भिडियो निर्माण गरेका छन् ।

Advertisement

विराटनगर–११ जनपथ टोलका २५ बर्षिय यूवा रोजेश थापाले आफ्नो जीवन भोगाइका कथा ब्यथाहरु समेटिएको म्यूजिक भिडियो निर्माण गरेका हुन् ।

Advertisement

विराटनगरमा शनिबार एक औपचारिक कार्यक्रमगरि थापाको भिडियो विमोचन गरिएको छ । प्रदेश सभा सदस्य केदार कार्की,विराटनगर महानगरपालिकाकी उपप्रमुख इन्दिरा कार्की,विराटनगर–११ का वडाध्यक्ष तीर्थेन्द्र न्यौपाने लगायतले थापाद्वारा निर्मित ‘भाग्य मै छैन कि मेरो त्यो पल’ शिर्षकको गिती भिडियो विमोचन गरेका हुन्।

सो अवसरमा बोल्दै कार्यक्रमका सहभागि वक्ताहरुले थापाद्वारा निर्मित गिती भिडियो सवैका लागि प्रेरणाको श्रोत बन्ने विश्वास ब्यक्त गरे ।

Advertisement

शुरुवात ब्याण्डको ब्यानरमा निर्माण गरिएको गिति भिडियोमा रोजेश थापाको शब्द,निर्देशन र अभिनय छ भने यूवा गायक लकेश राईले स्वर दिएका छन । गिति भिडियोमा लेकाली म्यूजिक स्टुडियो काठमाण्डौले संगीत भरेको छ ।

भिडियोको विराटनगर,इटहरी र धरानमा छायांकन गरिएको छ । विमोचन गरिएको भिडियो यू ट्युब मार्फत सार्वजनिक गरिने जनाइएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top