विप्लवका सगरमाथा संयोजक नेकपामा प्रवेश

विप्लवका सगरमाथा संयोजक नेकपामा प्रवेश

साउन १९, विराटनगर ।

विप्लव नेकपाका जनसांस्कृतिक महासंघ सगरमाथाका संयोजक एकराज घिमिरे नेकपा कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्।

आइतबार नेकपा प्रदेश नम्बर १ ले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा नेकपाका नेता तथा प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले घिमिरेलाई पार्टी प्रवेश गराएका हुन् । कार्यक्रममा मुख्यमन्त्री राईले विप्लप समूह नेकपामा समाहित हुनुको विकल्प नभएको बताए ।उनले सम्पूर्ण कम्युनिष्ट पार्टीहरु ढिलोचाँडो नेकपामा समाहित हुनुको विकल्प नभएको बताए ।

राजनीतिक संक्रमण अन्त्य भैसकेको बताउदै मुख्यमन्त्री राईले समृद्धिको यात्रामा लाग्न विप्लव माओवादीलाई आग्रह गरे । यस्तै कार्यक्रममा नवप्रवेशी घिमिरेले गोली र बन्दुकले देशलाई सही मार्गमा लान नसक्ने ठानेर आफू नेकपामा प्रवेश गरेको बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.