सांसदको ध्यानाकर्षणपछि जुम्लामा विद्युतको बैकल्पिक व्यवस्था

२२ साउन ७६, बिहीबार

साउन २३, काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री बर्षमान पुनले जुम्लामा विद्युतको बैकल्पिक व्यवस्थाको लागि सरकारले आवश्यक निर्देशन जारी गरिसकेको जानकारी गराएका छन ।

प्रतिनिधिसभाको विहिबारको बैठकमा सार्वजनिक महत्वको विषयमा बोल्दै उनले जुम्लामा विद्युत् आपुर्तिमा आएको समस्याबारे आफुहरुलाई जानकारी प्राप्त भए लगत्तै बैकल्पिक प्रयास सुरु गरिएको उल्लेख गर्दे नेपाल विद्युत् प्राधिकरणको मस्र्याङदी जलविद्युत् केन्द्रमा रहेको ३ सय केविए क्षमताको डिजेल जेनेरेटर पठाउने गरि आवश्यक निर्देशन र प्रक्रिया अघि बढाएको बताएका हुन ।

जुम्लाका सांसद गजेन्द्र महतले जुम्लामा देखिएको विद्युत् आपुर्तिको समस्या सम्बोधनका लागि सम्बन्धीत मन्त्री र विद्युत् प्राधिकरणले गम्भीरता नदेखाएको भन्दै मन्त्री र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई श्री ३ महाराजको संज्ञा दिएका थिए । उनले मन्त्री र प्राधिकरणका कार्यकारी निर्देशकले फोन पनि नउठाएको र भेटका लागि पनि समय नदिएको गुनासो गरेका थिए ।

Advertisement

मन्त्री पुनले कर्णालीका सम्पूर्ण जिल्लाहरुलाई राष्ट्रिय प्रशारण लाईनमा आवद्ध गर्ने योजना सरकारले अघि बढाएको बताए ।

जुम्लामा ३३ केवि प्रशारण लाईनका लागि यसै बर्ष दैलेख जुम्ला ट्रान्समिसन लाईनका लागि टेण्डर भएर छनौट पनि भईसकेको भन्दै उनले २ बर्ष भित्र प्रशारणलाई बनिसक्ने बताए । साथै उनले यसै बर्षको बजेटमा कर्णाली प्रदेश, सुदुरपश्चिम र प्रदेश नम्बर २ को पुर्व विद्युतीकरणको लागि बजेटको व्यवस्था गरिएको पनि उनले जानकारी गराए ।

Advertisement

सांसद महतको जिज्ञासाको सम्बोधन गर्दै उनले हटलाईन सेवा मार्फत जुम्लाका उपभोक्ताबाट पावर प्लाण्ट विग्रेको जानकारी आफुले पाएको तर सांसद महतले आफुसंग भेट्न गरेको प्रयास बारे जानकार नभएको स्पष्ट पारे । उनले आवेगमा नआई सामान्य ढंगले समस्याको ध्यानार्कण गराउदा उपयुक्त हुने सुझाव समेत दिए ।

उनले जुम्लामा २ सय ४० किलोवाटको विद्युत् प्राधिकरणको प्लाण्ट रहेको र सो प्लाण्ट उपभोक्ताको सहभागीतामा संचालन हुदै आएको स्पष्ट पारे ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

सम्बन्धित समाचार

Scroll to Top