ग्लोबल टि–२० : सन्दीपको उत्कृष्ट प्रदर्शनका बाबजुद टोरन्टो बाहिरियो

२४ साउन ७६, शुक्रबार
Share this
706shares

एजेन्सी, साउन २४
क्यानडामा जारी ग्लोबल टि–२० अन्तर्गत शुक्रबार भएको खेलमा सन्दीप लामिछाने सम्मिलित टोरन्टो नेसनल्स एलिमिनेटरबाट बाहिरिएको छ ।

Advertisement

बिहीबार राती भएको खेलमा खराब प्रकाशका कारण खेल १७.१ ओभरमा रोकिएपछि अलराउन्डर सोमपाल कामी सम्मिलित विनिपेग हक्सले डकवर्थ लेविस पद्दतिका आधारमा टोरन्टोलाई २ रनले पराजित गरेको हो । विनिपेगले सोमपाललाई पहिलो रोजाइमा राखेको थिएन ।

पहिलो ब्याटिङको निम्तो पाएको टोरन्टोले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय ३८ रनको विशाल योगफल खडा गरेको थियो । उसका लागि हेनरिक क्लासेनले शतक प्रहार गरे । क्लासेनले ४९ बलमा ११ चौका र ५ छक्कासहित १ सय ६ रनमा नटआउट रहे । ओपनर रोड्रीगो थोमसले ४० बलमा ७ चौका र ५ छक्कासहित ७३ रन बनाए ।

Advertisement

जवाफमा सन्दीप लामिछानेले महत्त्वपूर्ण २ विकेट लिएपछि विनिपेगले १७.१ ओभरमा ५ विकेट गुमाउँदै २ सय १ रन जोड्दा खेल रोकियो । त्यस स्थितिमा हक्स २ रनले अगाडि रहेको थियो । सन्दीपले आफ्नो ४ ओभरमा ३४ रन खर्चेर २ विकेट लिए । उनले आफ्नो पहिलो बलमा नै उमर अकमललाई स्टम्पिङ आउट गराएका थिए । आफ्नो चौथो ओभरमा सन्नी सोहालको विकेट लिँदै सन्दीपले ९१ रनको साझेदारी तोडे ।

विनिपेगको लागि जेपी ड्युमिनीले सर्वाधिक ८५ रनको योगदान दिए । उनले ४१ बलको सामना गर्दै ८ चौका र ५ छक्का प्रहार गरे । सन्नी सोहालले २९ बलमा ३६ रन जोडे । कप्तान रियाद एम्रितले १५ बलमा नटआउट ३३ रन जोडे । उनले २ चौका र ३ छक्का प्रहार गरे । क्रिस लिनले २१ रन जोड्दा अन्यले उल्लेख्य योगदान दिन सकेनन् ।

Advertisement

यस जितसँगै हक्स दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । पहिलो क्वालिफायरमा भान्कुभर नाइट्सले ब्राम्प्टन वल्भ्सलाई हराउँदै फाइनलमा प्रवेश गरिसकेको छ । अब हक्स र ब्राम्प्टनबीच हुने खेलको विजेताले फाइनलमा स्थान बनाउनेछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top