अन्तर्राष्ट्रिय तुलनामा नेपालमा हवाई इन्धन दोब्बर महँगो

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वायुसेवा कम्पनीहरूलाई अन्तर्राष्ट्रिय दरभाउअनुसार हवाई इन्धन (एटीएफ) उपलब्ध गराउन प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष प्रस्ताव गर्ने भएको छ। आयल निगमले अहिले दोब्बर महँगोमा बिक्री गर्दै आएको छ।नेपालमा हवाईसेवा सञ्चालन गर्दै आएका स्वदेशी तथा विदेशी एयरलाइन्सले यहाँ हवाई इन्धन अन्तर्राष्ट्रिय बजारको तुलनामा दोब्बर महँगो भएको गुनासो गरेपछि मन्त्रालयले सस्तोमा दिलाउन पहल थालेको हो।

Advertisement

मन्त्रालयले भदौ पहिलो साता प्रधानमन्त्रीको अध्यक्षतामा हुने ४६ औं राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक (एनड×्याक) मा हवाई इन्धनको मूल्य घटाउने प्रस्ताव लैजाने निर्णय गरेको छ । ‘मन्त्रालयले यो विषय यसपटकको एनड्याकमा लैजाने निर्णय गरेको छ,’ पर्यटन सचिव मोहनकृष्ण सापकोटाले भने। बिहीबार आयोजित मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकले यसबारे निर्णय लिएको हो।

हाल विदेशी एयरलाइन्ससँग निगमले प्रतिकिलोलिटर (१ हजार लिटर) हवाई इन्धनको १ हजार ५० अमेरिकी डलर (१ लाख १८ हजार ५ सय ५० रुपैयाँ) लिन्छ । उनीहरूले निगमले तोकेको मूल्य भारतलगायत अन्य मुलुकको दाँजोमा दोब्बर हाराहारी रहेको भन्दै मन्त्रालयलाई गुनासो राख्दै आएका छन्। भारतमा प्रतिकिलोलिटर ७ सय २० अमेरिकी डलर पर्छ।

Advertisement

‘संसारभर हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर ५ सय ८३ अमेरिकी डलर हाराहारी चलिरहेको छ,’ विश्वभरका ३ सय हाराहारी गन्तव्यमा उडान भर्ने एक विदेशी एयरलाइन्सका नेपाल प्रमुखले भने, ‘नेपालमा भने आयल निगमले अन्यत्रको व्यापार घाटा सन्तुलन गर्न हामीलाई दोब्बर भाउमा इन्धन बिक्री गर्छ। यसमा कुनै व्यावसायिक तर्क छैन । यो खुला लुट हो।’ ,यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top