सोमपालको टिम हक्स ग्लोबल टी–२० को फाइनलमा प्रवेश

साउन २६, एजेन्सी । नेपाली बलर सोमपाल कामीको टिम विनिपेग हक्स क्यानडामा जारी ग्लोबल टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

शनिबार राति भएको खेलमा ब्रम्टन उल्भ्सलाई सात विकेटले हराउँदै हक्स उपाधि नजिक पुगेको हो ।

घरेलु मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको उल्भ्सले २० ओभरमा सात विकेट गुमाउँदै दुई सय रन बनाएको थियो । उसका लागि कप्तान डारेन सामीले ३३ रन बनाउँदा शाहिद अफ्रिदी र बाबर हायातले समान ३२–३२ रन बनाए ।

Advertisement

यस्तै वहाब रियाजले २३ रनको योगदान गरे । यो खेलमा नेपाली बलर सोमपाल कामी बेन्चमा राखिएको थियो । बलिङमा हक्सका रायद इम्रितले तीन तथा कलीम सानाले दुई विकेट लिए ।

जवाफमा हक्सले २० ओभरमा तीन विकेट गुमाउदै लक्ष्य पूरा गर्यो। उसका जितमा सैमन अनवरले ५२ तथा जेपी डुमीनीले ५० रन बनाए ।

Advertisement

यस्तै सन्नी सोहेलले ४१ रन बनाउँदा क्रिस लियोनले ३५ रनको योगदान गरे । अब उसले उपाधिका लागि भोली भ्यानकुभर नाइट्ससँग खेल्नेछ ।

सुरुवाति ११ मा स्थान बनाउन नसके पनि सोमपालले १२औं खेलाडीका रुपमा मैदान प्रवेश गर्दै शाहिद अफ्रिदीको क्याच लिएका थिए ।

सातौं नम्बरमा ब्याटिङ गर्न आएका अफ्रिदी १६ बलको सामना गर्दै एक चौका र तीन छक्का प्रहार गरेर आउट भए । पौल भ्यान मेकेरिनको बलमा १८ दशमलव पाँच ओभरमा आउट भएका अफ्रिदीको क्याच सोमपालले लिएका हुन् ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top