आरक्षण बचाऔं आन्दोलनका अगुवा प्रहरी नियन्त्रणमा

साउन २६, काठमाडौं । सिंहदरबार घेराउ गर्न भन्दै काठमाडौंको भद्रकालीमा प्रर्दशन गरिरहेका आरक्षण बचाऔं आन्दोलनका अगुवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

लोक सेवा आयोगले संविधान विपरित विज्ञापन खुलाएको दावी गर्दै आन्दोलनरत सो आन्दोलनका अगुवाहरुलाई आइतबार काठमाडौंको भद्रकालीमा प्रर्दशन गरिरहेकै बेला प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रर्दशनकारीहरुले सिंहदरबार घेर्न भन्दै निषेधित क्षेत्र तोडेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । त्यसअघि प्रहरीले निषेधित क्षेत्रमा प्रवेश नगर्न प्रर्दशनकारीहरुलाई पटक–पटक माईकमार्फत् सचेत गराएको थियो भने प्रर्दशनकारीहरुले शान्तिपूर्ण रुपमा प्रर्दशन गर्न पाउने दावी गरिरहेका थिए ।

भद्रकालीबाट प्रर्दशनकारीहरु सिंहदरबारतर्फ अघि बढेपछि प्रहरीले हस्तक्षेप गरी नियन्त्रणमा लिएको थियो । त्यस क्रममा प्रर्दशनकारीहरुले आफूहरुको शान्तिपूर्ण आन्दोलनमाथि हस्तक्षेप गरेको भन्दै प्रहरीविरुद्ध पनि चर्का नाराबाजी गरेका थिए ।

प्रहरीले नियन्त्रणमा लिएपछि प्रर्दशनकारीहरुले चर्का नाराबाजी गर्दै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको राजीनामा समेत माग गरेका थिए ।

आदिवासी, जनजाति, महिला, दलित र पछाडि परेका समुदायले लोक सेवा आयोगले सरकारको सिफारिसमा खुलाएको स्थानीय तहको विज्ञापन समावेशी र समानुपातिक नभएको भन्दै विरोध प्रर्दशनको कामलाई निरन्तरता दिईरहेका छन । उनीहरुले सो विज्ञापन खारेज नभएसम्म आफूहरुको आन्दोलन जारी राख्ने चेतावनी पनि दिँदै आएका छन ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top