आज बकर इद (इदुल अजहा) नेपाललगायत विश्वभरि मनाइदै

आज बकर इद (इदुल अजहा) नेपाललगायत विश्वभरि मनाइदै

२७ साउन , काठमाडौं । मुस्लीम समुदायको रमजान पछिको दोश्रो ठूलो पर्व बकर इद (इदुल अजहा) नेपाललगायत विश्वभरिका मुस्लिम धर्मावलम्बीहरुले आज धुमधामस“ग मनाउ“दै छन् ।

यो पर्व मुस्लीम समुदायमा हजको तीर्थयात्रा र बलिदानको रुपमा मनाइन्छ । यसपर्वमा उनिहरु सबेरै उठेर नुहाइधुवाई गरी शुद्ध हुने र खुलास्थान वा मस्जिदहरुमा गई नवाज पढ्नुका साथै एकआपसमा शुभकामना आदानप्रदान गर्छन् ।

नवाज पढेर घर फकिर्एपछि , खसी, बाख्रा, रा“गा, आदिको वलि दिने परम्परा छ । वलि दिइएको पशुको मासु तीन भाग लगाइन्छ । त्यसमध्ये एक भाग आफू खाने, एक भाग आफ्ना नजिकका मित्रलाई र एक भाग गरिब तथा असहायलाई बांडने गरिन्छ । रमजान को दुई महिना दश दिनपछि यो पर्व मनाउने गरिन्छ ।

पबित्र मुस्लीम धर्मग्रन्थका अनुसार आजभन्दा चार हजार वर्È पहिले हजरत इब्राहिमले सपनामा आफ्नै छोरालाई आफैंले छुरी रोपेर मारेको देखेको र भोलिपल्ट विपनामा त्यसैगरी छुरी हान्दा छोरालाई केही नभई भेडा मरेपछि सोही घटनाको सम्झना स्वरुप यो पर्व मनाउन थालिएको विश्वास गरिन्छ । आजकै दिन साउदी अरेवियाको मक्कामा विश्वभरिबाट जम्मा भएका करोडौं मुस्लीमले हज गर्ने गर्दछन्।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.