सन् २०२३ मा भारतमा हुने विश्वकप क्रिकेटको मार्गचित्र सार्वजनिक

साउन २८, एजेन्सी । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सन् २०२३ मा भारतमा हुने एक दिवसिय विश्वकप क्रिकेटको मार्गचित्र सार्वजनिक गरेको छ ।

आयोजकको हैसियतमा भारतले सिधै विश्वकपमा स्थान बनाउँदा अन्य सबै टोलीहरु छनौट हुनुपर्नेछ । विश्वकप छनौटका लागि आईसिसिले तिन फरक ढाँचाको प्रतियोगिता गर्ने भएको छ ।

टेष्ट मान्यताप्राप्त १२ टोली र विश्व क्रिकेट लिग च्याम्पियन नेदरल्याण्ड्स गरि १३ देशबिच एक दिवसिय सुपर लिग हुनेछ । सुपर लिगमा भारत बाहेक शीर्ष ७ मा रहने टोली सोझै विश्वकपमा पुग्ने छन् ।

Advertisement

पुछारका पाँच टोलीले २०२२ मा हुने विश्वकप छनोट खेल्नु पर्ने हुन्छ । यसैगरी एक दिवसिय मान्यता पाएका अन्य ७ एसोसिएट टोलीहरुबीच विश्वकप लिग–२ प्रतियोगिता हुनेछ ।

आईसीसीको एक दिवसिय वरियतामा १४ देखि २० औं स्थानसम्म रहेका नेपाल, ओमान, नामिविया, पपुवा न्युगिनी, स्कटल्यान्ड, यूएई र अमेरिकाबीच विश्वकप लिग दुई अन्तर्गत कुल २१ त्रिकोणात्मक श्रृंखला हुनेछ ।

Advertisement

यसमा शिर्ष तिन स्थान हात पार्ने टोलीले सन् २०२२ मा हुने विश्वकप क्वालिफायर खेल्न पाउनेछन् । पुछारका चार टोलीले विश्वकप छनोट प्ले–अफ खेल्ने छन् ।

आईसीसीले अन्य एसोसिएट राष्ट्रका लागि पनि विश्वकप छनौटको अवसर दिएको छ । यसका लागि १२ राष्ट्रबिच च्यालेन्ज लिग खेलाईनेछ । यी १२ राष्ट्रमा क्यानडा, डेनमार्क, मलेसिया, कतार, सिंगापुर, भानुआतु, बर्मुडा, हङकङ, इटाली, जर्सी, केन्या र युगान्डा रहेका छन् ।

यो प्रतियोगितालाई लिष्ट ए को मान्यता दिईएको छ । आगमी सेप्टेम्बर देखी सुरु हुने यस च्यालेन्जेज लिगका शिर्ष दुई टोलीले विश्वकप छनोटको प्लेअफ मा स्थान बनाउने छन् ।

सुपर लिगबाट शीर्ष ७ टोली, फाईनल क्वालिफायरबाट आउने दुई टोली र आयोजक भारत गरी कुल १० देशले सन् २०२३ मा एक दिवसिय विश्वकप खेल्ने छन् ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top