×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

पोखरा महानगरका ११ वटा वडा श्रृङ्खलाबद्ध चोरी गर्ने एक पक्राउ

२९ श्रावण २०७६

साउन २९, पोखरा । पोखरा महानगरपालिकाको एकपछि अर्को वडा कार्यालयमा चोरी भइरहेको थियो । चोरीको श्रृंखला चलिरहेको एक वर्ष नाघिसक्दा पनि चोरी गर्ने व्यक्ति पक्राउ गर्न नसक्दा प्रहरीलाई लाज लाग्ने अवस्था आइसकेको थियो ।

बुधबार प्रहरीले राहतको सास फेर्‍यो । श्रृंखलाबद्ध चोरी गर्ने एक जना पक्राउ परेका छन् । पोखरा महानगरका ११ वटा वडा चोरेको आरोपमा वडा प्रहरी बैदामले काठमाडौं ११ का ५१ वर्षीय किशोर थापालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

Advertisement

कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्की भन्छन्न्,‘लामो समयसम्म चोरलाई पक्रन नसक्दा लाज लाग्ने स्थिति आइसकेको थियो । अन्ततः हामी सफल भयौं ।’

वडा कार्यालयमा चोरीको श्रृंखला ३ जेठ ०७५ मा पोखरा १२ को वडा कार्यालयबाट सुरु भएको थियो । १ वर्षको अवधिमा पोखरा महानगरका १३, ५, ३१, ६, १४ २९, १६ लगायत ११ वटा वडामा श्रृंखलाबद्ध चोरी भएको थियो । प्रारम्भिक अनुसन्धानका क्रममा सबै चोरीमा थापाको संलग्नता देखिएको प्रहरीले बताएको छ । ‘हामीसँग भएको प्रमाण र सिसिटिभी फुटेज हेर्दा घटनामा संलग्न एउटै व्यक्ति हो भन्ने एकिन गर्‍यौं,’ एसपी कार्कीले भनेका छन् ।

रातको समयमा वडा कार्यालयमा चोरी गर्ने थापाले विद्युतीय उपकरणमात्र उठाउँथे । नजिकै निर्माणाधीन घरमा लुक्थे र विहानै गाडी चढेर काठमाडौंतिर हुइँकिन्थे । ‘राति साढे ११ बजेदेखि साढे १२ बजेको बीचमा वडा कार्यालयमा चोर्ने गरेको खुलेको छ,’ एसपी कार्की भन्छन्, ‘सुरक्षा व्यवस्था कमजोर हुने भएकाले सजिलै चोर्ने र चोरीका सामान नजिकैका निर्माणाधीन भवनमा लुकाउने र उपयुक्त समय हेरेर काठमाडौं लैजाने गरेको पाइयो ।’

काठमाडौंका थापाले पोखरा १० मा डेरा पनि लिएका रहेछन् । उनको कोठामा चोरीका सामान भेटिएनन्, तर चोर्न प्रयोग हुने सामानहरु भेटिएको प्रहरीले जनाएको छ । ‘उनको डेराबाट चोरीमा प्रयोग हुने मास्क, क्यामेरा, स्क्रू ड्राइभर, पञ्जा, ट्रयाक, टोपी र लागु औषधसमेत फेला पार्‍यौं,’ उनले भने, ‘चोरीका सामान भने काठमाडौं पुर्‍याइसकेकाले डेरामा भेटिएन ।’

चोरीका सामान किन्ने पनि पक्राउ

थापाले चोरी गरेको सामान खरिद बिक्री गरेको आरोपमा काठमाडौं १४ कलंकीमा कम्प्युटर पसल चलाइरहेका ३६ वर्षीय रुपचन्द्र गोपालीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । कास्की प्रहरी प्रमुख एसपी कार्कीका अनुसार गोपालीको पसलबाट चोरीका सामानमात्रै बिक्री वितरण हुँदै आएको पाइएको छ ।

थापाले पोखराका विभिन्न वडाबाट चोरी गर्ने र कलंकीमा रहेको गोपालीको पसलमा पुर्‍याउने गरेका थिए । काठमाडौं प्रहरीको सहयोगमा पक्राउ परेका गोपालीको पसलबाट पोखराका वडाबाट चोरी भएका सामानहरु फेला परेका छन् । प्रहरीले १७ थान मनिटर, ९ वटा सीपीयु र ३ वटा ल्यापटप बरामद गरेको छ ।

चोरी डाँका मुद्दामै पटकपटक जेल !

पोखराका वडा कार्यालयमा श्रृंखलावद्ध चोरी गरेको आरोपमा पक्राउ परेका थापा यसअघि पनि पटकपटक चोरी तथा डाँका मुद्दामा जेल सजाय भोगिसकेका व्यक्ति हुन् । अनुसन्धानका क्रममा उनी पहिलो पटक डाँका चोरी कसुरमा २०४६ देखि २०५१ सम्म केन्द्रीय कारागारमा थुनामा बसेको पाइएको छ ।

दोस्रो पटक २०७१ देखि २०७४ सम्म चोरी मुद्दामा केन्द्रीय कारागारमै जेल जीवन विताएका थिए ।

उनले ग्रामीण भेगमा यातायातको सुविधा नहुने भएकाले सहरी क्षेत्रका वडामा चोरी गर्ने गरेको बयान दिएका छन् । ‘पोखराका वडा कार्यालयमात्रै चोरी गरेको कि अन्यत्र पनि भएको छ, हामी अनुसन्धानकै प्रक्रियामा छौं,’ एसपी कार्कीले भने ।

Advertisement

यो समाचार अनलाईन खबरबाट साभार गरिएको हो ।

भर्खरको समाचार

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

सम्बन्धित खबरहरु

Scroll to Top