स्कुल विभाग कसले लिने विवाद उत्कर्षमाः तनावमा ओली–प्रचण्ड

३० साउन ७६, बिहीबार

साउन ३०, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीभित्र स्कुल विभाग कसले लिने विवाद उत्कर्षमा पुगेको छ। स्कुल विभागको जिम्मेवारी बाँडफाँडमा कुरा मिल्न नसक्दा सचिवालयको बैठक–पटक–पटक स्थगित हुँदै आएको छ।

Advertisement

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सहमति जुटाउन बसेको बैठक असफल हुँदै आएको छ।

दुई पार्टी एकीकरण गर्न सहमति जुटाउनुभएका अध्यक्षद्वयबीच स्कुल विभागको जिम्मेवारी बाँडफाँडलाई लिएर अविश्वास र आशंका समेत उत्पन्न भएको छ।

Advertisement

नेकपाभित्र स्कुल विभागको प्रमुखको विषयलाई लिएर प्रतिष्ठाको लडाइँ बन्न पुगेको छ। अध्यक्ष ओली सचिवालय सदस्य ईश्वर पोखरेलाई स्कुल विभागको जिम्मेवारी दिनुपर्ने अडानमा हुनुहुन्छ भने प्रचण्ड सचिवालय सदस्य नारायणकाजी श्रेष्ठलाई जिम्मेवारी दिनुपर्ने पक्षमा अडानमा रहनुभएको छ। यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top