भारतको स्वतन्त्रता दिवसमा मोदीको सम्बोधन

साउन ३०, एजेन्सी । भारतले आज आफ्नो ७३ औं स्वतन्त्रता दिवस मनाइ रहेको छ ।

Advertisement

दिवसको अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले राजधानी दिल्लीस्थित लालकिल्लामा राष्ट्रिय भण्डा फहराउँदै देशबासीका नाममा सम्बोधन गरेका छन् । उनले संविधानको धारा ३ सय ७० हटाउने आफ्नो कदमको बचाउ गर्दै हरेक देशबासीले चाहेको काम गरेको बताए ।

७० बर्षको अवधिमा हरेक सरकारले केही न केही प्रयास गरेपनि राम्रो परिणाम नआएपछि नयाँ शीराबाट आफुले काम गरेको प्रधानमन्त्री मोदीको भनाइ थियो । उनले जम्मू–कश्मीर र लद्दाखका नागरिकको सपना पूरा गर्नु आफ्नो दायित्व रहेको बताए ।

Advertisement

सम्बोधनका क्रममा प्रधानमन्त्री मोदीले आफुले सपथ लिएको दश हप्ताभित्र तीन तलाकको कानुन बनाएको, आतंकबादसँग जोडिएको कानुनमा संशोधन गरि मजबूत बनाएको, किसानहरुलाई ९० हजार करोड रुपैंया बाँडेको, किसान र व्यापारिका लागि पेन्सनको व्यवस्था गरेको लगायतका सरकारी उपलब्धिका बारेमा चर्चा गरेका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top