प्रदेश १ मा डेंगुबाट १ जनाको मृत्यु, ३ हजार संक्रमित

३० साउन ७६, बिहीबार

साउन ३०, विराटनगर । सुनसरीको धरानबाट फैलिन सुरु भएको डेंगुको संक्रमणबाट प्रदेश १ मा १ जनाको मृत्यु भएको छ ।

Advertisement

प्रदेशका सामाजिक विकासमन्त्री जीवन घिमिरेका अनुसार डेंगुबाट प्रदेश १ मा ३ हजार १ सय ५२ जना संक्रमित भएका छन् ।

डेंगु नियन्त्रण गर्ने काममा प्रदेश सरकारले जारी राखेको अभियानका विषयमा प्रदेश १ संसद बैठकमा जानकारी दिँदै मन्त्री घिमिरेले सरकारको अभियानबाट मात्रै डेंगु नियन्त्रण सम्भव नहुने भन्दै आम नागरिक सचेत हुनुपर्नेमा जोड दिएका छन् ।

Advertisement

सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा मन्त्री घिमिरेले आ–आफ्ना घरपरिवारलाई डेंगुका विषयमा सचेत गराउन आग्रह गरे । उनले नियन्त्रणका लागि युवा विद्यार्थीलाई परिचालन गर्ने गरी अभियान संचालन भइरहेको समेत बताए ।

सुनसरी,मोरङ र झापामा डेंगुको संक्रमण फैलिएको छ । सरकारले यसको परीक्षण निशुल्क गर्न सकिने ब्यवस्था मिलाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top