सुनको भाउ फेरी बढ्यो, तोलामा १२ सय वृद्धि

साउन ३०, काठमाण्डौ । सुनको भाउ बिहीबार तोलामा १२ सय रुपैयाँ बढेको छ । सुन बिहीबार तोलाको ७१ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Advertisement

यो भाउ अहिलेसम्म कै महंगो हो । बुधबार तोलामा ७ सय रुपैयाँ घटेर सुन तोलाको ७० हजार ३ सय रुपैयाँमा झरेको थियो ।

अन्तर्रा्ष्ट्रिय बजारमा सुनको भाउ बिहीबार प्रति औंस १५ सय २२ डलर पुगेको छ । अन्तर्रा्ष्ट्रिय बजारमा भाउ बढेकाले नेपालमा पनि महंगो भएको हो ।

Advertisement

यस्तै, चाँदी पनि बिहीबार तोलामा २० रुपैयाँ बढेर तोलाको ८ सय ४० रुपैयाँमा कारोबार भैरहेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top