×

NEPAL TIMES UPDATES

Playing
विपक्षीले सरकारलाई घेरे,डोजर आतंक मच्चाएको देखि दुरूत्साहन मुद्दासम्म|| Nepal Times
May 11, 2026
Playing
Top 15 Afternoon News || May-12-2026 || Nepal Times
May 11, 2026
Playing
सुकुम्बासीको लगत संकलन, नापी र पूर्जा वितरणमा कांग्रेस अगुवा बन्ने|| Nepal Times
May 11, 2026
Playing
ट्रम्प बुधबार चीन जाँदै, सीसंग गर्दैछन् इरानबारे छलफल|| Nepal Times
May 11, 2026
Playing
सुशीला कार्कीले भनिन् पत्रकारले बेइज्जत गर्याे || Nepal Times
May 11, 2026
Playing
‘तेल कम खानु, एक वर्ष सुन नकिन्नु’ःमोदीले जनता गुहारेपछि विपक्षीले घेरे|| Nepal Times
May 11, 2026
Playing
आजदेखि सरकारी कार्यालयमा सरसफाइ अभियान|| Nepal Times
May 11, 2026
Playing
आज नीति तथा कार्यक्रम र ८ अध्यादेश संसदमा पेश हुँदै || Nepal Times
May 11, 2026
Playing
ठूलो दु र्घट ना टर्यो, डेढ घण्टापछि त्रिभुवन विमानस्थल खुल्यो || Nepal Times
May 11, 2026
Playing
बालेन सरकारको नीति तथा कार्यक्रम आज || Nepal Times
May 11, 2026

सांसदलाई ल्यापटप दिने निर्णय अलपत्र : अर्थ मन्त्रालयले बजेट स्वीकृत नगरे टेन्डर खारेज

१ भाद्र २०७६

१ भदौ, काठमाडौँ ।
संघीय संसद्का तीन सय ३४ सांसदलाई ल्यापटप किन्ने निर्णय अलपत्र परेको छ । संसद् सचिवालयले समयमै खरिद प्रक्रिया सुरु नगर्दा सांसदले तत्काल ल्यापटप नपाउने भएका हुन् । यद्यपि, कतिपय सांसद नै यो निर्णयको विपक्षमा उभिएका थिए ।

संघीय संसद्को व्यवस्थापन बोर्डको बैठकले गत जेठमा सांसदलाई ल्यापटप किन्ने निर्णय गरेको थियो । आर्थिक वर्षमा खर्च गरेर बचेको रकमले सांसदहरूलाई प्रविधिमैत्री बनाउन ल्यापटप किन्ने निर्णय गरिएको सभामुख कृष्णबहादुर महराले बताएका थिए । संघीय संसद् सचिवालयले १९ जेठमा ल्यापटप खरिदका लागि टेन्डर आह्वान गर्‍यो । चार वटा कम्पनीले टेन्डर पनि हाले । तर, आर्थिक वर्ष ०७५–७६ सकिएकाले टेन्डर स्वीकृत हुन पाएन ।

Advertisement
Advertisement

अब अर्थ मन्त्रालयले बजेट स्वीकृत नगरे सांसदलाई ल्यापटप किन्ने योजना अघि नबढ्ने संघीय संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले बताए । ‘टेन्डर स्वीकृत हुन नपाउँदै आर्थिक वर्ष ०७६–७७ सुरु भयो । हाललाई अर्थले बजेटको स्वीकृति दियो भने खरिद गर्न मिल्छ, नत्र मिल्दैन,’ उनले भने ।

अर्थले स्वीकृति नदिए टेन्डर खारेज हुने अवस्था रहेको संसद् सचिवालय स्रोतले बतायो । संघीय संसद्को बोर्डले ०७५ को रणनीतिक योजनामा संसद्लाई ‘डिजिटलाइज्ड गर्ने, सांसदलाई ट्याबलेट दिने र प्रशिक्षण चलाउने’ भन्ने उल्लेख छ । तर, समयमै खरिद प्रक्रिया अघि नबढ्दा सांसदले तत्काल ल्यापटप पाउने स्थिति नदेखिएको प्रवक्ता डा.पाण्डेले बताए ।

ल्यापटप खरिदबारे सांसद नै विभाजित
झन्डै तीन करोड खर्चिएर ल्यापटप किन्ने संसद्को व्यवस्थापन बोर्डको निर्णयप्रति सांसदहरूले नै आपत्ति जनाएका थिए । सत्तारूढ नेकपाकै प्रभावशाली नेता भीम रावल, जनार्दन शर्मा, रामकुमारी झाक्रीलगायत विपक्षी दलका केही सांसदले समेत यो निर्णयको विरोध गरेका थिए । सांसद् झाक्रीले खुद्रा मसिना कुराबाट सांसदको हुर्मत लिने काम भएको बताएकी थिइन् । तर, खुलेर नबोले पनि अधिकांश सांसद ल्यापटप किन्नुपर्ने पक्षमा देखिएको संसद् सचिवालय स्रोतले बतायो ।

संसद्का कर्मचारीको हातमा डेढ सय ल्यापटप
संघीय संसद्मा हाल डेढ सयभन्दा बढी ल्यापटप छन् । जसमध्ये ६५ वटाजति चालू अवस्थामा रहेको र अरू बिग्रेको संसद् सचिवालयको भनाइ छ । चालूमध्ये चारवटा ल्यापटप सभामुख, उपसभामुख, राष्ट्रिय सभा अध्यक्ष र उपाध्यक्षले चलाएका छन् । बाँकी सबै संसद्का कर्मचारीले चलाइरहेका छन् । ‘सचिवदेखि उपसचिवसम्मले ल्यापपट प्रयोग गर्दै आएका छन्,’ सचिवालय स्रोतले भन्यो ।

सभासद्ले फिर्ता गरेनन् ल्यापटप
पहिलो र दोस्रो संविधानसभाका २९ जना सभासदले हालसम्म पनि ल्यापटप फिर्ता गरेका छैनन् । त्यसवेला युएनडिपीको सहयोगमा संघीय संसद् सचिवालयले चीनबाट ल्यापटप खरिद गरेको थियो । संविधानसभा अध्यक्षदेखि पदाधिकारी, दलका प्रमुख सचेतक र सचेतकसम्मलाई ल्यापटप वितरण गरिएको थियो । अन्य सभासद्लाई भने दिइएन । ‘ल्यापटप लैजानेमध्ये २९ जनाले फिर्ता गर्नुभएको छैन,’ सचिवालयले भन्यो ।

कानुनतः कार्यकाल सकिएको सात दिनभित्र सांसद तथा संसद्का पूर्वपदाधिकारीले सचिवालयबाट उपयोग गर्दै आएको सेवा सुविधा फिर्ता गर्नुपर्छ । संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐनमा यो व्यवस्था छ । तर, फिर्ता नगरे के गर्ने भन्ने स्पष्ट नभएकाले सचिवालयबाट लगेका कतिपय सामान पूर्व सांसदले फिर्ता नगरेको सचिवालयका कर्मचारी बताउँछन् ।

Advertisement
Advertisement

सचिवालयस्थित जिन्सी स्टोरका एक कर्मचारीका अनुसार पहिलो संविधानसभाका आधा दर्जन सभासद्ले समेत ल्यापटप फिर्ता गरेका छैनन् । ‘कार्यकाल सकिएपछि हामीले फिर्ता गर्न एकपटक टेलिफोन नै गरेर भनेका हौँ । तर, ११ वर्ष पुगिसक्दा पनि फिर्ता भएन,’ ती कर्मचारीले बताए । नयाँ पत्रिका दैनिकबाट

भर्खरको समाचार

आज थर्कियो संसद्,लिपुलेकमा भारतले नाका खोल्दा सरकार कहाँ लुक्यो ?

0a282586-2f03-4924-a629-bd67ca872b11

देउवा दम्पती बेपत्ता १ समातेर नेपाल ल्याउन इन्टरपोललाई अर्को पत्र

deuba-aarju

इरानले पठायो जवाफ ट्रम्पलाई मन परेन, जवाफमा के छ त्यस्तो ?

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सुशीला बालेनसँग होइन पत्रकारसँग आक्रोशित,बालेन पत्नी नै राष्ट्रिय माता

sushila-karki-chief-justice-nepal-supreme-court-government-head-of-state-1021323-16x9_0

इरान युद्धले भारत पनि संकटमा, मोदीले भने सुन नकिन्नु, तेलको कुवा छैन्

modi

आजदेखि सरकारी कार्यालयमा सरसफाइ अभियान

696717662_975418858411465_20685342312549259_n

आज नीति तथा कार्यक्रम र ८ अध्यादेश संसदमा पेश हुँदै

677108931_958688953417789_3450960544499223528_n

काठमाडौँ ओर्लिएको टर्किस एयरलाइन्समा आगो, २८८ यात्रु सुरक्षित

688956062_975343438419007_564329473711904265_n

भुक्तानी विवादले रोकियो राष्ट्रिय सपना गौतमबुद्ध रंगशालाको काम

GautamBuddhacricketstadium_20211223141704 (1)

लिपुलेकबारे बालेन सरकारले अब भारतसँग वार्ता गर्ने

MixCollage-08-May-2026-03-47-PM-2837

सम्बन्धित खबरहरु

Scroll to Top