रवि लामिछानेसहित तीनै जनाको बयान सकियो

रवि लामिछानेसहित तीनै जनाको बयान सकियो

२ भदौ, चितवन ।

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा दुरुत्साहन गरेको अभियोगमा पक्राउ परेका तीनैजनाको बयान लिने क्रम सकिएको छ ।

चितवन जिल्ला सरकारी वकिलको उपस्थितिमा पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा प्रहरी हिरासतमा रहेका रवि लामिछाने, युवराज कंडेल र अस्मिता कार्की उर्फ रुकुको बयान सकिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

आवश्यक थप अनुसन्धान गर्नुपर्ने भएकाले मंगलबार म्याद थपका लागि प्रहरीले तीनै जनालाई जिल्ला अदालत चितवन लैजाने तयारी गरेको छ । पाँच दिनको म्याद सोमबार राती १२ बजे सकिदैछ । पोष्टमार्टम रिपोर्ट सोमबारमात्रै पुगेकाले अदालतले थप अनुसन्धानका लागि म्याद थप्ने अनुमान गरिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.