×

NEPAL TIMES UPDATES

Playing
युद्धकैबीच नेतन्याहुले किन भने अमेरिकी सैन्य सहायताको निर्भरता घटाउनुपर्छ ?|| Nepal Times
May 11, 2026
Playing
World News: इराकमा इजरेलको गोप्य सैन्य अखडा, कंगोमा ६९ जनाको सामूहिक ह*त्या || Nepal Times
May 11, 2026
Playing
क्युवाको तटमा अमेरिकाले बढायो सैन्य गतिविधि, के हो संकेत?|| Nepal Times
May 11, 2026
Playing
Hongkongमा सेल्टरः किन डराए देउवा? ११५ रोपनी जग्गाको रहस्य ! || Nepal Times
May 11, 2026
Playing
विपक्षीले सरकारलाई घेरे,डोजर आतंक मच्चाएको देखि दुरूत्साहन मुद्दासम्म|| Nepal Times
May 11, 2026
Playing
Top 15 Afternoon News || May-12-2026 || Nepal Times
May 11, 2026
Playing
सुकुम्बासीको लगत संकलन, नापी र पूर्जा वितरणमा कांग्रेस अगुवा बन्ने|| Nepal Times
May 11, 2026
Playing
ट्रम्प बुधबार चीन जाँदै, सीसंग गर्दैछन् इरानबारे छलफल|| Nepal Times
May 11, 2026
Playing
सुशीला कार्कीले भनिन् पत्रकारले बेइज्जत गर्याे || Nepal Times
May 11, 2026
Playing
‘तेल कम खानु, एक वर्ष सुन नकिन्नु’ःमोदीले जनता गुहारेपछि विपक्षीले घेरे|| Nepal Times
May 11, 2026

नारायणहिटी हत्याकाण्डका प्रत्यक्षदर्शी भान्सेद्वारा सिंहदरबारभित्र आत्महत्या

४ भाद्र २०७६

४ भदौ, काठमाडौं । १९ जेठ ०५८ मा भएको राजदरबार हत्याकाण्डका प्रत्यक्षदर्शी बच्चुराम केसीले विष सेवन गरी सिंहदरबारमा आत्महत्या गरेका छन् ।

राष्ट्रिय योजना आयोगमा सुब्बा तहमा कार्यरत केसी मंगलबार दिउँसो कार्यालयमा मृत अवस्थामा भेटिएका हुन् । राजदरबार हत्याकाण्डका वेला केसी युवराज दीपेन्द्रको बासस्थानका रूपमा रहेको त्रिभुवन सदनमा ब्वाइज (सुब्बा) पदमा कार्यरत थिए र उनको जिम्मेवारी भान्सेका रूपमा थियो ।

Advertisement
Advertisement

दरबार हत्याकाण्डका दिन त्रिभुवन सदनको बिलियार्ड हलमा लगिएको खाना उनीलगायतको टोलीले तयार पारेको थियो । तत्कालीन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको अध्यक्षतामा गठित उच्चस्तरीय समितिका सदस्य तत्कालीन सभामुख तारानाथ रानाभाटले दरबार हत्याकाण्डसम्बन्धी प्रतिवेदन तयार पार्ने क्रममा केसीसँग पनि बयान लिएका थिए ।

दरबार हत्याकाण्डलगत्तै तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र शाहले गद्दी सम्हालेपछि उनको सरुवा निर्मलनिवासमा भएको थियो, जहाँ उनी अक्सर पारस शाहसँग रहन्थे । गणतन्त्र स्थापनापछि राजप्रासाद सेवा (दरबार) का कर्मचारीलाई निजामती सेवामा समायोजन गरियो, त्यसक्रममा केसीको सरुवा परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभागमा भयो ।

त्यसैक्रममा उनले गरेको गल्तीले उनलाई मंगलबार बिहान आत्महत्याको स्थितिमा पु¥यायो । राहदानी विभागमा कार्यरत छँदा विदेशीलाई नेपाली नागरिकता र राहदानी दिने गिरोहको लहैलहैमा लागेर केसीले १७ जना बंगलादेशीलाई नेपाली राहदानी दिलाएका थिए । यही विषयमा प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

जिल्ला अदालतमा चलेको मुद्दा उनले हारेका थिए । लामो समयदेखिको मुद्दाका कारण तनावमा रहँदै आएका केसीले सोही कारणले नै आत्महत्या गरेको पारिवारिक स्रोतको दाबी छ । आत्महत्या गर्नुअघि उनको लेखोटमा आफ्नै कारणले आत्महत्या गरेको उल्लेख छ ।

नारायणहिटी काण्डमा दरबारका भान्से बच्चुराम केसीले दिएको बयान
यहाँको नाम के हो ?
मेरो नाम बच्चुराम केसी हो, म त्रिभुवन सदनमा काम गर्छु ।
त्यहाँ काम गरेको कति वर्ष भयो ?
म त्यहाँ काम गरेको पाँच वर्ष भयो । दरबार छिरेको नौ वर्ष भयो ।
जुन घटना घट्यो, त्यसवेला तपाईंलाई कुन काममा खटाइएको थियो ?
ज्यूनार तयार गर्ने काममा ।
तपाईंलाई सम्झना भएसम्म त्यस दिनको घटनामा के–के भयो ? बताउनुस् ।
सबैभन्दा पहिला युवराजधिराज सवारी होइबक्सेको थियो बैठकमा । त्यसपछि महेशकुमार सिंह साहेबज्यू सवारी भयो । त्यसपछि अरू साहेबज्यू सवारी होइबक्स्यो । घटना घट्नुभन्दा दुई मिनेटअघि म कोल्डड्रिंक्स लिएर गएको थिएँ ।

त्यहाँबाट फर्केर अलि वर बैठकको ढोकाको १० मिटर जति उत्तर साइडमा पुग्दा युवराज सरकार आर्मीको चुस्ता डे«समा सवारी होइबक्स्यो । अगाडि गन भिरिबक्सेको थियो । त्यसवेलासम्म मैले उभिएर हेरिरहेको थिएँ । कतै सवारी हुन लाग्यो भन्ठानें मैले । त्यसपछि ढोकाबाट छिर्नेबित्तिकै फायरिङ सुरु गरिबक्स्यो । त्यसपछि मलाई डर लाग्यो । मेरा मुटु काम्यो । म बाहिर भागेँ ।

अरू कुरा केही देख्नु भएन ?
अरू केही पनि थाहा छैन ।
युवराजलाई तपाईंले देख्दा हतियारसहित नै देख्नुभएको थियो ? कति वटा हतियार थिए ?
दुई वटा त हातमा तेस्र्याएको देखेको थिएँ । एउटा टल थियो, अर्को अलिकति सानो थियो ।
दुई वटा उस्तै–उस्तै साइजको झुण्ड्याएको देख्नुभयो कि कस्तो थियो ?
एउटा हातमा थियो । अर्को झोलिएको थियो ।
पोजिसन कस्तो थियो ?
अलि डरलाग्दो पोजिसनमा होइबक्सन्थ्यो ।
कस्तो हाउभाउ देखाउँदै आउनु भएको थियो ?
होइन उभिएरै आउनु भएको थियो ।
युवराजलाई ढोकाबाट छिर्ने वेलामा मात्रै देखेको कि अलि अगाडिदेखि नै देखेको ?
अलि अगाडि बगैँचादेखि नै देखेका हुँ । चन्द्रमा बत्तिवाल खुला ठाउँ छ । त्यहाँबाट खुला देखिन्छ । अलिकति देखिन्छ । अनि त्यसपछि प्यासेलबाट देखिन्छ ।
भित्र छिरेको मात्र देखेको की बाहिर निस्केको पनि देखेको हो ?
भित्र छिर्ने बित्तिकै फायरिङ शुरु भयो । त्यसपछि म भागिहालेँ । त्यसपछि म त्यहाँ आउँदै आइनँ ।
फायरिङ कसलाई भएको देख्नु भयो ?
त्यहाँबाट भित्र देखिँदैन । म बसेको ठाउँबाट फायरिङ भएको मात्र देखिन्थ्यो । कसमाथि फायरिङ भयो देखिएन । मलाई सानु प्रभूले (निराजन साहेव) ले कोल्ड ड्रिंक्स ल्याऊ भन्ने हुकुम भएकोले कोल्ड ड्रिंक्स लिएर गएको थिएँ ।
तपाई २ मिनेटअघि कोल्ड डिङ्क्स लिएर जाँदा महाराजधिराज सरकार कहाँ होइबक्सन्थ्यो ?
विलियार्डकै असपासमा होइबक्सन्थ्यो । म त्यहाँ डाइरेक्ट गएँ । कोल्ड ड्रिक्स त्यहाँ राखे । त्यहाँ बस्नु थिएन । त्यस्तो आवश्यक परेमा घण्टी बजाइबक्सन्थ्यो वा कहिलेकाहिँ आफैँ किचेनमा सवारी होइबक्सन्थ्यो । यो चीज लेऊ भन्ने हुकुम हुन्छ । त्यही अनुसार जान्छौं । त्यहाँ कुनै फिर्ता ल्याउनुपर्ने चीज भए ल्याउँछौं, फर्कन्छौं ।

Advertisement
Advertisement

तपाईलाई थाहा छ ? त्यहाँ कुन समयमा जानुभएको थियो ?
मैले घडी त हेरिनँ । तर अन्दाजी त्यही ९ बजेको थियो की जस्तो लाग्छ । त्यसबेला हामी ३ जना मात्र थियौं काम गर्ने । तीन जनाले सबै भ्याउनुपर्ने हुन्छ । टेन्सन हुन्छ । त्यसैले ओहोरदोहोर गरिराख्नु पर्ने हुन्छ । समय हेर्न मौका समेत मिल्दैन । नयाँपत्रिका दैनिकबाट

भर्खरको समाचार

जहाजमा धुवाँ त निभ्यो तर विमानस्थल प्रशासन किन मौन रह्यो

688956062_975343438419007_564329473711904265_n

एनसेलदेखि ५२ संवैधानिक नियुक्तिसम्म जोडिएका छन्, डा. मनोज शर्मा

manoj_sharma-750x375@2x

आज थर्कियो संसद्,लिपुलेकमा भारतले नाका खोल्दा सरकार कहाँ लुक्यो ?

0a282586-2f03-4924-a629-bd67ca872b11

देउवा दम्पती बेपत्ता १ समातेर नेपाल ल्याउन इन्टरपोललाई अर्को पत्र

deuba-aarju

इरानले पठायो जवाफ ट्रम्पलाई मन परेन, जवाफमा के छ त्यस्तो ?

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सुशीला बालेनसँग होइन पत्रकारसँग आक्रोशित,बालेन पत्नी नै राष्ट्रिय माता

sushila-karki-chief-justice-nepal-supreme-court-government-head-of-state-1021323-16x9_0

इरान युद्धले भारत पनि संकटमा, मोदीले भने सुन नकिन्नु, तेलको कुवा छैन्

modi

आजदेखि सरकारी कार्यालयमा सरसफाइ अभियान

696717662_975418858411465_20685342312549259_n

आज नीति तथा कार्यक्रम र ८ अध्यादेश संसदमा पेश हुँदै

677108931_958688953417789_3450960544499223528_n

काठमाडौँ ओर्लिएको टर्किस एयरलाइन्समा आगो, २८८ यात्रु सुरक्षित

688956062_975343438419007_564329473711904265_n

सम्बन्धित खबरहरु

Scroll to Top