भारतीय विदेशमन्त्री एस जयशंकर काठमाण्डौंमा

भारतीय विदेशमन्त्री एस जयशंकर काठमाण्डौंमा

४ भदौ, काठमाडौं ।

भारतीय विदेशमन्त्री एस जयशंकर काठमाण्डौ आईपगेका छन् । काठमाण्डौमा बुधबार सुरु हुने नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन भारतीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै उनी १२ बजे काठमाण्डौ आइपुगेका हुन् ।

विदेशमन्त्री जयशंकरले आजै अपरान्ह काठमाण्डौमा सुरु हुने नेपाल भारत संयुक्त आयोगको पाँचौ बैठकमा भारत पक्षको नेतृत्व गर्नेछन् । संयुक्त आयोगको बैठकमा सहभागी हुनु अगाडि उनले आजै २ बजे प्रधानामन्त्रीसंग शिष्टाचार भेट गरेका छन् । त्यस लगत्तै उनी संयुक्त आयोगको बैठकमा सहभागी हुन होटल याक एण्ड यति पुग्नेछन् ।

संयुक्त आयोगको बैठकमा आज नेपाल भारत दुईपक्षीय सहयोग आदान प्रदानको साथै विभिन्न एजेण्डामा सहमति सहित हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ । विदेशमन्त्री जयशंकरको सम्मानमा परराष्टमन्त्री प्रदीप ज्ञवालीले आजै बुधबार सांझ रात्रीभोजको आयोजना गरेका हुन् ।

उनले शुक्रबार बिहान साढे १० बजे राष्ट्रपतिसंग शिष्टाचार भेट गर्ने र अपरान्ह साढे ३ बजे दिल्ली फर्कने कार्यक्रम छ । विदेशमन्त्री जयशंकरको यो भ्रमण विदेश मन्त्री भएपछिको पहिलो नेपाल भ्रमण हो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.