नक्कली ऋणी बनाएर १८ करोड हिनामिना

४ भदौ ७६, बिहीबार

 ५ भदौ, दाङ ।
दाङमा एक बैंकका म्यानेजर १८ करोड रुपैयाँ हिनामिना गरेको आरोपमा पक्राउ परेका छन् । देवः विकास बैंकका म्यानेजर घोराही–१५ भरतपुरका समिर बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको हो ।

Advertisement

उनीविरुद्ध रकम हिनामिना गरेको भन्दै बैंकका सञ्चालकहरुले प्रहरीमा किटानी जाहेरी दिएका थिए ।

घोराही उपमहानगरपालिका–१० नारायणपुरमा रहेको देवः विकास बैंक लिमिटेडका म्यानेजर बुढाथोकीले नक्कली ऋणी बनाएर रकम हिनामिना गरेको आरोप लागेको छ ।

Advertisement

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजन गौतमले बैंक म्यानेजर बुढाथोकीले १७ करोड ९९ लाख ९० हजार रुपैयाँ बैंकमा नक्कली ऋणी खडा गरी हिनामिना गरेको पाइएको बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top