एम्बुलेन्स मर्मत गर्दा बालाजुमा आगलागी

५ भदौ ७६, बिहीबार

५ भदौ, काठमाडौं ।

Advertisement

राजधानी काठमाडौको बालाजु औद्योगिक क्षेत्रमा आगलागी भएको छ ।

बालाजु औद्योगिक क्षेत्र भित्र रहेको फोर्स मोटर ग्यारेजमा विहिबार बिहान साढे ११ बजे आगलागी भएको हो । आगलागीबाट ४ वटा नयाँ गाडी र एउटा मोटरसाईकल पूर्णरुपमा क्षतिग्रस्त भएका छन् ।

Advertisement

त्यसैगरी मर्मतको क्रममा रहेको शसस्त्र प्रहरी बलको एम्बुलेन्स पनि क्षतिग्रस्त भएको छ । प्राईम इन्टरटेक नेपालका कानुनी सल्लाहाकार सानु श्रेष्ठका अनुसार शसस्त्र प्रहरी बलको एम्बुलेन्स मर्मत गर्ने क्रममा ग्यास लिक भएर आगलागी भएको थियो ।

काठमाडौ महानगरपालिका र नेपाली सेनाका दमकलले आगो नियन्त्रणमा लिएका थिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top