सरकारले कर्मचारीलाई कमजोर बनाएको राधेश्यामको आरोप

५ भदौ ७६, बिहीबार

५ भदौ, काठमाडौं ।

Advertisement

राष्ट्रियसभा सदस्य राधेश्याम अधिकारीले स्थायी सरकारको रुपमा रहेका कर्मचारी प्रशासनलाई अस्थीर र कमजोर बनाएको आरोप लगाएका छन् ।

राष्ट्रिय सभाको विहिबारको बैठकको शुन्य समयमा बोल्दै उनले केही समयअघि मात्रै प्रधानमन्त्रीले मन्त्रीहरुसंग, मन्त्रीहरुले सचिवहरुसंग कार्यसम्पादन सम्झौता भएको स्मरण गराउदै सम्झौताको एक महिना नपुग्दै १६ जना सचिवहरुको सरुवा गरिएको भन्दै सो को कारण बारे सरकारसंग प्रश्न गरे ।

Advertisement

राष्ट्रियसभा सदस्य विन्दा देवी आले रानाले राजनीतिक आस्था र पहुँचको आधारमा कर्मचारी सरुवा गर्ने काम बन्द गर्न सरकारको ध्यानाकर्षण गराए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top