५ भदौ, विराटनगर । विराटनगरका ७ जना लगानीकर्ताको ७० लाख संचित पुँजीबाट विराटनगर १ नेता चौकमा सौर्य बचत तथा ऋण सहकारी संस्था संचालनमा आएको छ ।
सहकारीले शिक्षा,स्वास्थ्य र साना परियोजनामा लगानी गर्ने लक्ष्य राखेको सौर्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष पवन झाले जानकारी दिए । पूर्णआधुनिक प्रबिधिलाई अंगिकार गरेर सो सहकारी संचालनमा ल्याइएको जनाइएको छ ।
सहकारीले विभिन्न ८ प्रकारका खाता मार्फत ९ दशमलव ५ प्रतिशतदेखि १६ प्रतिशतसम्म ब्याज प्रदान गर्ने जनाएको छ । यस्तै विभिन्न १३ शीर्षमा ऋण प्रदान गर्ने योजना बनाएको छ । सहकारीले प्रारम्भिक चरणमा २० जना कर्मचारीबाट काम सुरु गरेको संचालक समितिका उपाध्यक्ष वसिम आलमले जानकारी दिए । उनले सौर्य सहकारी प्रदेशकै नमुना सहकारीको रुपमा आएको दावी गरे ।

सहकारीको एक कार्यक्रमका बीच प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेका छन । उनले आम नागरिकलाई आत्मनिर्भर बनाउन सहकारीहरुको भूमिका महत्वपूर्ण रहेको बताए । उनले संबिधानले समेत सहकारीलाई आर्थिक खम्बाकोरुपमा निर्दिष्ट गरेको बताए ।
मुख्यमन्त्री राईले जनताको विश्वास जितेर सहकारीहरु अघि बढ्नुपर्ने बताए । जनताबाट संकलित बचत रकमको केहि सहकारीहरुले दुरुपयोग र मनोमानी गरिरहेको पाइएकाले त्यसतर्फ सबै सजग हुनुपर्ने उनले बताए । मुख्यमन्त्री राईले समयसापेक्ष ढंगले सहकारी संचालनलाई प्रबिधि मैत्री र स्मार्ट बनाउदै लानुपर्ने समेत बताए ।

मुख्यमन्त्री राईले सहकारीहरु जनता र बचतकर्ताप्रति पूर्णरुपमा जवाफदेही बनेर अघि बढनुपर्ने बताए । उनले समृद्धिको यात्रामा प्रदेश सरकारको साथ रहने समेत बताए । सहकारीको संचालक समितिमा अध्यक्ष पवन झा, उपाध्यक्ष वसिम आलम, सचिवमा विवस मिश्र, कोषाध्यक्ष निरु राई रहेका छन । यस्तै चन्द्रशेखर डे, नारायण झा र निकेश राउत सदस्य रहेका छन्।