एक दिवसीय वरियतामा नेपाल एक स्थान तल

५ भदौ ७६, शुक्रबार

६ भदौ, एजेन्सी ।

Advertisement

अन्तर्राट्रिय क्रिकेट परिषद् आइसिसीले सार्वजनिक गरेको एक दिवसीय नयाँ वरियतामा नेपाल एक स्थान तल झरेको छ । यसअघि १५औँ स्थानमा रहेको नेपाल नयाँ वरियता क्रम अनुसार १६औँ स्थानमा पुगेको हो ।

वरियताको शीर्ष स्थानमा इङल्याण्ड रहेको छ । दोस्रोमा भारत, तेस्रोमा न्युजिल्याण्ड, चौथोमा अष्ट्रेलिया, पाँचौँमा दक्षिण अफ्रिका, छैठौँमा पाकिस्तान र सातौँ स्थानमा बङ्गलादेश छ । आइसिसी टी–ट्वान्टी वरियतामा भने नेपाल एघारौँ स्थानमा यथावत् रहेको छ ।

Advertisement

टी–ट्वान्टी वरियतामा पाकिस्तान पहिलो स्थानमा छ भने इङल्याण्ड दोस्रो र दक्षिण अफ्रिका तेस्रो स्थानमा छ । यस्तै भारत अष्ट्रेलिया, न्यूजिल्याण्ड र अष्ट्रेलिया क्रमशः चौथो पाँचौँ, छैठौँ र सातौँ स्थानमा छन् । टी–ट्वान्टी वरियतामा नेपालभन्दा पछि दुई टेष्ट राष्ट्र जिम्बावे र आयरल्याण्ड छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top