×

NEPAL TIMES UPDATES

Playing
सुकुम्बासी र सहकारीपीडितका लागि सरकारको नीति कस्तो ?|| Nepal Times
May 11, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-28-2083 || Nepal Times
May 11, 2026
Playing
बालेनको दाबी र मुद्दा फस्र्यौटको वास्तविकता कसरी फरक भयो ? || Nepal Times
May 11, 2026
Playing
इङ्ल्याण्डको क्रिकेट टोली नेपाल आउने सम्भावना उच्च|| Nepal Times
May 11, 2026
Playing
जहाजमा धुवाँ त निभ्यो तर विमानस्थल प्रशासन किन मौन रह्यो|| Nepal Times
May 11, 2026
Playing
युद्धकैबीच नेतन्याहुले किन भने अमेरिकी सैन्य सहायताको निर्भरता घटाउनुपर्छ ?|| Nepal Times
May 11, 2026
Playing
World News: इराकमा इजरेलको गोप्य सैन्य अखडा, कंगोमा ६९ जनाको सामूहिक ह*त्या || Nepal Times
May 11, 2026
Playing
क्युवाको तटमा अमेरिकाले बढायो सैन्य गतिविधि, के हो संकेत?|| Nepal Times
May 11, 2026
Playing
Hongkongमा सेल्टरः किन डराए देउवा? ११५ रोपनी जग्गाको रहस्य ! || Nepal Times
May 11, 2026
Playing
विपक्षीले सरकारलाई घेरे,डोजर आतंक मच्चाएको देखि दुरूत्साहन मुद्दासम्म|| Nepal Times
May 11, 2026

नेपालमा २० वर्षमुनिको बिहेमा प्रतिबन्धपछि भारतीय ज्वाइँ खोज्ने क्रम बढ्यो

७ भाद्र २०७६

७ भदौ, काठमाडौं । २५ माघ २०७५ मा नेपालगन्ज फुल्टेक्राका लक्ष्मी कुम्हारले १६ वर्षीया छोरी सपनाको बिहे तय गरे । निम्तो कार्ड छपाएर १०० वटा त बाँडे । बिहे आउन सात दिन बाँकी थियो । बालविवाहको हल्ला चल्यो । प्रहरीले बिहे रोक्यो । सीमावर्ती भारतीय गाउँ गंगापुरमा सुटुक्कै साइकलमा छोरी लगेर बिहे गरिदिए र भोलिपल्ट छोरीसँगै घर फर्के । उनले भने, ‘लगनकै दिन बिहे गर्न पाएर म धन्य भएँ । बूढीले छोरीज्वाइँलाई आशीर्वाद दिन नपाएको गुनासो गर्छे । गौनापछि छोरी आफ्नो घर जान्छे ।’

–फुल्टेक्राकै १६ वर्षीया अञ्जु ८ कक्षामा फेल भएर घरमै बसिरहेकी थिइन् । परिवारले गत ३ जेठमा भारतीय नागरिकसँग घरबाटै धुमधाम बिहे गराइदिए । ‘डेढ सय त बराती आएका थिए’, उनकी काकी सुष्मा मौर्यले भनिन्, ‘भोज खान पुलिस पनि आएका थिए, तर कसैले उमेर सोधेनन् । बिहे भयो ।’ दुई वर्षपछि गौना गरेर अञ्जुलाई घर पठाउने तयारी छ ।

Advertisement
Advertisement

–डुडुवा गाउँपालिका हल्वलडोलीकी १६ वर्षीया विपनाको भारतको बाबागन्जमा बिहे भयो । बिहेमा आमा मीनासहित आफन्त सरिक भए । विपनाका बाबाको पाँच वर्षअघि मृत्यु भएको थियो । चार वर्षको भाइ छ । सम्पत्तिका नाममा दुई कठ्ठा जग्गा । विपनालाई बिहे गर्न नेपालको कानुनले छेकबार लगायो । बिहेकी साक्षी उनकी दिदी (फुपूकी छोरी) रेखा खटिकले बिहेको रहस्य खोलिन्, ‘मजदुरी गरेर परिवारको खर्च चल्थ्यो । छोरीलाई पाल्न नसक्ने भएपछि बिहे गर्नुपर्‍यो ।’

–जानकी गाउँपालिका–५ बेलभारकी १४ वर्षीया सरिताको गत फागुनमा भारतीय गाउँ बक्सीमा सुटुक्कै बिहे भयो । उनका बुवासहित १२ जना आफन्त दुलाहाको घर गए र बिहे गरेर अर्को दिन घर फर्के । यादव धम्बोझी मावि नेपालगन्जमा कक्षा ८ मा पढ्छिन् । उनका २० वर्ष पुगेकी जेठी दिदी र १८ वर्षकी माइली दिदीको पनि १५ वर्षभन्दा कम उमेरमै बिहे भएको थियो । माइली बिहेपछि घरमै बस्छिन् । उनको गौना हुन बाँकी छ । माइलीपछि साहिलीको गौना गर्ने तयारी छ । ‘बढेकी छोरी कहाँ घरमा राख्न सकिन्छ ? ’ आमा कैलाशाले भनिन्, ‘राम्रो केटा भेट्टायौं, बिहे गरिदियौं ।’

–बाँकेको डुडुवा गाउँपालिका–३ बनकट्टीमा १८ वर्षकी एक मुस्लिम किशोरीको बिहे भएको खबर तीन महिनापछि गाउँभरि फैलियो । न जन्ती आए, न गाउँघरलाई निम्तो बाँडियो । अभिभावकले गुपचुप भारतीय केटासँग बिहे गरिदिए ।

सपना, अञ्जु, विपना र सरिता प्रतिनिधि पात्र हुन् । बाँकेमा भारतसँग ‘रोटी बेटीको सम्बन्ध’ शताब्दीऔंदेखिको हो तर मुलुकी अपराध (संहिता) ऐन, २०७४ मा ‘बीस वर्ष नपुगी विवाह गर्न वा गराउन नहुने’ व्यवस्थाले अभिभावककै संलग्नतामा बालविवाह भारतमा गर्र्ने ‘गलत चलन’ छ । कानुन छलेर छोरी भारतीयलाई जिम्मा लगाए पुग्ने रीति बस्न थालेको छ ।

Advertisement
Advertisement

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

भर्खरको समाचार

जहाजमा धुवाँ त निभ्यो तर विमानस्थल प्रशासन किन मौन रह्यो

688956062_975343438419007_564329473711904265_n

एनसेलदेखि ५२ संवैधानिक नियुक्तिसम्म जोडिएका छन्, डा. मनोज शर्मा

manoj_sharma-750x375@2x

आज थर्कियो संसद्,लिपुलेकमा भारतले नाका खोल्दा सरकार कहाँ लुक्यो ?

0a282586-2f03-4924-a629-bd67ca872b11

देउवा दम्पती बेपत्ता १ समातेर नेपाल ल्याउन इन्टरपोललाई अर्को पत्र

deuba-aarju

इरानले पठायो जवाफ ट्रम्पलाई मन परेन, जवाफमा के छ त्यस्तो ?

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सुशीला बालेनसँग होइन पत्रकारसँग आक्रोशित,बालेन पत्नी नै राष्ट्रिय माता

sushila-karki-chief-justice-nepal-supreme-court-government-head-of-state-1021323-16x9_0

इरान युद्धले भारत पनि संकटमा, मोदीले भने सुन नकिन्नु, तेलको कुवा छैन्

modi

आजदेखि सरकारी कार्यालयमा सरसफाइ अभियान

696717662_975418858411465_20685342312549259_n

आज नीति तथा कार्यक्रम र ८ अध्यादेश संसदमा पेश हुँदै

677108931_958688953417789_3450960544499223528_n

काठमाडौँ ओर्लिएको टर्किस एयरलाइन्समा आगो, २८८ यात्रु सुरक्षित

688956062_975343438419007_564329473711904265_n

सम्बन्धित खबरहरु

Scroll to Top